Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

नाकाबन्दीले पाठ्यपुस्तक छपाइ रोकियो

सोमबार, १६ कार्तिक २०७२

काठमाडौं, १६ कात्तिक । अघोषित भारतिय नाकाबन्दीबाट उत्पन्न कागज अभावका कारण विद्यालयका पाठ्यपुस्तक छपाइ सुरु हुन नसकेपछि देशभर नै पठनपाठन अवरुद्ध हुने सम्भावना बढेको छ। 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आगामी शैक्षिक सत्रमा समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षासँग छलफल सुरु गरेको जनाए। बिहीबार शिक्षा मन्त्रालयमा पत्रकार भेटमा मन्त्री पोखरेलले हाल तराईमा जारी मधेसी मोर्चाको आन्दोलनका कारण ७२ दिनयता अवरुद्ध पठनपाठन सुचारु गर्न मधेसवादी दलका शीर्ष नेतासँग वार्तासमेत अघि बढाएको जनाए। ुबालबालिकाको एसएलसी नबिगार्न मैले आन्दोलनरत मधेसी नेतासँग पठनपाठनको वातावरण सहज बनाउन वार्ता थालेको छु,ु मन्त्री पोखरेलले भने। उनले बालबालिकाको पढ्न पाउने अधिकार संरक्षण र आगामी शैक्षिक सत्रमा समयमै विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन मन्त्रालयले काम सुरु गरिसकेको दाबी पनि गरे।

सरकारले सबै प्रक्रिया पूरा गरी जनक शिक्षा सामग्रि केन्द्रलाई ६–१० कक्षाका पाठ्यपुस्तक छाप्न निर्देशन दिइसकेको केन्द्रका लेखा प्रमुख सुजनराज नेपालले जानकारी दिए। तर कागज अभावका कारण पाठ्यपुस्तक छपाइ सुरु हुन नसकेको उनले जनाए।

शिक्षा मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि देशभर सामुदायिक विद्यालयमा ६–१० कक्षाका पाठ्यपुस्तक छापी समयमै आपूर्ति गर्न आवश्यक कागजलगायत सामग्रि खरिद गर्न निर्देशन दिइसकेको छ। आगामी शैक्षिक सत्रमा देशभर सबै सामुदायिक विद्यालयका लागि ६–१० कक्षाका १ करोड ७५ लाख पाठ्यपुस्तक चाहिन्छ।

आगामी शैक्षिक सत्रमा आवश्यक पुस्तक छाप्न चाहिने ५ हजार मेट्रिकटन कागज किन्न केन्द्रले टेन्डर आह्वान गरी प्रक्रिया अन्तिम चरणमा पुगेको छ,ु नेपालले नागरिकसँग भने, ुछपाइका लागि दुईवटा वेभ मेसिन खरिद प्रक्रिया पनि अन्तिम चरणमा छ। तर नाकाबन्दीका कारण कागज काठमाडौं भिœयाउन सकिएको छैन।ु उनले अहिले सम्झौता गरे पनि कागज ल्याउन कठिन हुने बताए।

डिजेल अभावका कारण पनि पुस्तक छाप्न बन्द भएर मेसिन थन्केको उनले बताए। यस्तै स्थिति रहिरहे आगामी शैक्षिक सत्रमा विद्यार्थीले समयमै पुस्तक नपाउनेमात्र नभएर पढ्नै नपाउने निश्चित रहेको उनले जनाए। जेठदेखि पाठ्यपुस्तक छापेर ५५ लाख थान पाठ्यपुस्तक तयार पारेको बताउँदै नेपालले बाँकी पुस्तक छाप्न नसकिने बताए।

उता निजी मुद्रक तथा वितरकलाई पाठ्यपुस्तक छाप्न दिनेबारे सरकारले हालसम्म निर्णय गर्न नसकेकाले अन्योल अझै बढेको छ। पाठ्यक्रम विकास केन्द्रले २१ दिनअघि निजी मुद्रक तथा वितरकलाई १–५ कक्षाका पाठ्यपुस्तक छपाइ र वितरणसम्बन्धी आवेदन मागेको थियो। यसमा कुल २१ प्रकाशकको आवेदन परेको पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक टुकराज अधिकारीले बताए। हाल पाठ्यक्रम विकास केन्द्रको निजी मुद्रक तथा वितरकको सूचीकरण र नविकरण सिफारिस समितिले मापदण्ड पुगेका आवेदकको सूची तयार पारिरहेको अधिकारीले जनाए।

 उपनिर्देशक अधिकारीले भने, ुमापदण्ड पुगेका निजी मुद्रकको सूचीकरण र नविकरण नामावली तिहारअघि प्रकाशनको तयारी समितिले गरीरहेको छ।ु सरकारले आगामी शैक्षिक सत्रमा १–५ कक्षाका सबै सरकारी स्कुलका लागि आवश्यक पाठ्यपुस्तक छाप्ने जिम्मेवारी निजी मुद्रकलाई दिएको छ।

निजी मुद्रकका प्रतिनिधि दीपक भण्डारीले समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्याकउने दाबी गरेका छन्। उनले विभागको फ्ल्यास रिपोर्ट अनुसार यस वर्ष निजी मुद्रकलाई १–५ कक्षाका कुल ३७ लाख २४ हजार ४३ विद्यार्थीका लागि १ करोड ८६ लाख थान किताब छाप्न निजीले जिम्मेवारी पाएको जानकारी दिए। ुनिजी मुद्रकले पहिले दुर्गममा पाठ्यपुस्तक पुर्योउने नीति लिएको छ,ु भण्डारीले भने, ुहामीसँग किताबको पुरानो स्टक पनि छ। स्टकमा केही कागज पनि छ।ु

उनले थपे, 'पाठ्यपुस्तक छाप्न सरकारी निर्देशन पाउनासाथ निजी प्रकाशकले छाप्न थालिहाल्छौं।ु निजी प्रकाशक नाकाबन्दीका बावजुद पनि समयमै पाठ्यपुस्तक छापेर वितरण गर्न तयार रहेको उनको दाबी छ।

 (आजको नागरिक दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया