Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

एमबिबिएसमा ३५ लाखभन्दा बढी शुल्क नलिनु 

सोमबार, १६ कार्तिक २०७२

काठमाण्डौ, १६ कात्तिक । शिक्षा मन्त्रालयले एमविविएस अध्ययनका लागी मेडिकल कलेजलाई ३५ लाखभन्दा बढी नलिन निर्देशन दिएको छ।  मन्त्रालयले यसअघि पनि मेडिकल शिक्षा दिने विश्वविद्यालय तथा प्रतिष्ठानलाई ३५ लाखभन्दा बढि नलिन पत्राचार गरेकोमा त्यसको कार्यान्वयन नभएपछि पूनः पत्राचार र विज्ञप्ती निकाल्दै यस्तो निर्देशन दिएको हो। 

मन्त्रालयका प्रवक्ता हरि लम्सालद्धारा हस्ताक्षतिर विज्ञप्तीमा भनिएको छ “केही शिक्षण संस्थाले निर्देशनविपरित शुल्क माग गरेको र भर्नामा योग्यता सुचीको समेत वेवास्ता गरेको भन्ने अभिभावक र विद्यार्थीबाट गुनासो आएकोमा यस विषयमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ।”

विज्ञप्तीमा अगाडी भनिएको छ“उल्लेखित पत्रको वर्खिलाप हुनेगरी बढी शुल्क नलिन र भर्ना प्रक्रिया योग्यता सुचीको आधारमा मात्र गर्न सम्बन्धित विश्वविद्यालयलाई सुचित गरिन्छ।” 

पछिल्लो समय गुणस्तर र प्राविधिक विशेषता देखाई बढी शुल्क विद्यार्थीबाट अशुल्ने नीजि मेडिकल कलेजको मनोमानीलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो । अहिले विभिन्न विश्वविद्यालयमा तोकिएभन्दा बढी शुल्क लिने गरेकोमा त्यसको आलोचना र स्वंयम विद्यार्थी र अभिभावकबाटै गुनासो आइरहेको छ। तर अनुगमन भने ठप्प रहेको छ।

(आजको नयाँपत्रिका दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया