काठमाडौं - चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीलाई पेलेरै जाने मुडमा सरकार उत्रिएको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले उक्त संकेत गरेका हुन् । 'अधिनायकवाद भने पनि, दुई तिहाईको दम्भ' भने पनि चिकित्सा शिक्षा विधेयक पास भएरै छाड्ने उनले बताए ।
संसदमा पुगिसेकेको विधेयक फिर्ता लिने सम्भावना नरहेको बताउँदै उनले विधेयकमा गरिएका सुधारबारे डा. केसीले पत्तै नपाएको आरोप पनि लगाए । विधेयकले थुप्रै व्यवस्था जनताका पक्षमा गरेको भन्दै केसीलाई 'गुमराह'मा राख्न खोजिएको शंका पनि ब्यक्त गरे ।
'यो विधेयक डाक्टरसा’बले पढ्नु भएको त छ ?' उनले प्रश्न गर्दै भने 'कि अर्कै पढ्न दिइएको छ ?'
केसीले आफ्ना मागमा राजनीतिक मुद्दा मिसाएको प्रति उनले कटाक्ष गरे ।
'अरु मुद्दा किन मिसाइएको ? मेडिकल शिक्षाको सुधारतर्फ हो भने भविष्यका निम्ति पर्याप्त नहोला तर, आजको समयमा विधेउकले गरेको ब्यवस्था पर्याप्त छ । उहाँको मुद्दा सम्बोधन भईसकेको छ ।' उनले भने ।
तर, आफूसँग भएको पूर्व सहमती विपरित विधेयक तयार पारेको भन्दै केसी १६ दिन देखि सत्याग्रहमा छन् ।
यो पनि पढ्नुहोस् : केसीको पक्षमा टीआई, प्रधानमन्त्रीको अभिव्यक्ति दुःखद्
प्रतिक्रिया