काठमाडौं - चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीका माग पुरा गर्न ट्रान्सपरेन्सी इण्टरनेशनल नेपाल टीआईले माग गरेको छ । केसीको सत्याग्रह १६ औं दिनमा जारी रहँदा पनि सरकारले विगतमा गरेका सहमती पुरा नहुनु अत्यन्त दुखद् भएको भन्दै संस्थाको गम्भीर ध्यान आकृष्ट भएको टीआईले जनाएको छ ।
सार्वजनिक हितका लागि स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षालाई थप गुणस्तरीय बनाउनुपर्ने मागका सम्बन्धमा सत्याग्रही र संसदमा बहुमत प्राप्त प्रधानमन्त्रीका बीचमा भएको सम्झौता कार्यान्वयन नहुनु र सम्झौतालाई तत्कालीन परिस्थितिको उपज थियो भनी सम्झौता प्रति उपेक्षा भाव देखिने खालको अभिव्यक्ति प्रधानमन्त्रीज्यूबाट आउनु अत्यन्त दुःखद पक्ष हो संस्थाका अध्यक्ष खेमराज रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, चिकित्सा शिक्षाको गुणस्तर कायम राख्न र लोकतान्त्रिक सरकारका प्रमुखले गरेका तथा भविष्यमा गरिने सम्झौता प्रति जनताको विश्वसनीयता कायम राखिरहन पनि डा. गोविन्द के.सी.सँग भएका सम्झौताहरु अविलम्ब कार्यान्वयन गरी निजको जीवन रक्षा गर्न टीआई नेपाल नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
टीआई सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा क्रियाशील नागरिक संस्था हो ।
यो पनि पढ्नुहोस् : सरकार पेलेरै जाने मुडमा !
प्रतिक्रिया