Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

‘उपदान तथा निवृत्तिभरण कोष’ सम्झौतामा हस्ताक्षर

आइतबार, १५ कार्तिक २०७२

काठमाडौँ, १६ कात्तिक । नागरिक लगानी कोष र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच आइतबार ‘उपदान तथा निवृत्तिभरण कोष’ सञ्चालन एवम् प्रबन्ध गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र विश्वविद्यालयको तर्फबाट रजिस्टार प्रा. डा. सूर्यकान्त घिमिरेले हस्ताक्षर गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले जानकारी दिए ।  

सम्झौतामा स्थायी शिक्षक, कर्मचारीको मासिक तलवबाट १० प्रतिशतका दरले कट्टा गरेको रकममा विश्वविद्यालयको तर्फबाट सोही रकम बराबर थप गरी कोषमा एकमुष्ठ रकम जम्मा गर्ने व्यवस्था गरिएको छ । 

 

दुई दिनमा रु साढे तीन अर्ब सङ्कलन 

यसैबीच, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले सेयर निस्काशन गरेको दुई दिनमा रु तीन अर्ब ३५ करोड सङ्कलन भएको छ ।   कम्पनीले यही कात्तिक १२ गतेदेखि रु एक अर्ब ८६ करोडको साधारण सेयर जारी गरेकामा सो अवधिमा देशभर ३१ वटा विभिन्न सङ्कलन केन्द्रबाट सो रकम जम्मा भएको हो । 

काठमाडौँ उपत्यका बाहिरका सङ्कलन केन्द्रबाट एक लाख २५ हजार र उपत्यकाका सङ्कलन केन्द्रबाट दुई लाख ७५ हजार सेयरका फारम वितरण भइसकेको छ ।   यो अवधिमा करिब ४० हजार फारममात्रै सङ्कलन भएको छ । ग्राहकको मागलाई ध्यानमा राखी फारम छपाई तथा वितरणको कार्यसँगै भइरहेको कम्पनीले जनाएको छ । 

जलविद्युत् विकास कम्पनीको सेयर निस्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष, सह निस्काशन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैंकिङ तथा एनएमवी क्यापिटल लिमिटेड रहेका छन् । 

(रासस) 

 

प्रतिक्रिया