Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

२६ निजी विद्यालय एसएलसीमा नील (नाम सहित)

मंगलबार, ०८ असार २०७२

भक्तपुर ८ असार / यस बर्षको एसएलसीमा २ सय २१ विद्यालय नील भएका छन् । यी मध्ये १७ जिल्लाका २६ वटा निजी विद्यालय छन् । सबै भन्दा धेरै भक्तपुरका ४ निजी विद्यालय नील भएका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यस्तै कैलालीका ३, ललितपुर, सिराह, सुनसरी, धनुषाका २/२ वटा निजी विद्यालय नील भएका छन् । दाङ् बाग्लुङ्, मुस्ताङ्, तनहुँ, कास्की, पर्सा, काठमाडौं, रसुवा, महोत्तरी, सप्तरी र मोरङ्का १/१ वटा निजी विद्यालय नील भएका छन् ।  भक्तपुरका शिक्षा निकेतन, मावि यँलाछे, प्रभात मावि ब्यासी, सिद्धकाली मावी ठिमी र शहीद स्मृति मावि भक्तपुर ११ रहेका छन् ।

यस्तै कैलालीको ज्योती ई.बोडिङ् स्कुल धनगढी, टीआर मेमोरीयल बोडिङ् स्कुल, सुखड र त्रिभुवन राष्ट्रिय मावि मौरानीया नील भएका छन् । ललितपुरका माउण्ट भ्याली ई. स्कुल लगनखेल र प्रभाततारा सेकेण्डरी बोडिङ् स्कुल कुमारी पाटी नील भएका छन् ।

सिराहका हिमालयन ई बो. स्कुल मिर्चैया र टाइम्स स्कुल रामनगर, सुनसरीका सुनसरी बालिका आ.मावि ईनरुवा र वल्र्ड भिजन एकेडेमी ईनरुवा तथा धनुषाका न्यू आईडीयल सेकेण्ड्री स्कुल जनकपुर र लर्ड बुद्धईङ्लिस मिडियम स्कुल जनकपुर रहेका छन् ।

यस्तै मोरङ्को गुरुकुल मावि विराटनगर, राजविराज यूनिभर्सल एकेडेमी, राजविराज, सप्तरी, लक्ष्मी सेकेण्डरी स्कुल हात्तीसरवा, महोत्तरी, नमूना एभरग्रीन बोडिङ् रसुवा, माउण्ट एभरेष्ट ई. स्कुल कपन, काठमाडौं नील भएका छन् ।

यसै गरी, पर्साको आदर्श नगरमा रहेको पशुपति शिक्षा मन्दिर, कास्किको पोखरा नागढुङ्गामा रहेको द विईजडम कास्कि ई. बोडिङ् स्कुल, तनहुँको देवघाटमा रहेको वेद वेदाङ्ग विद्यालय, मुस्ताङ्को जोमसोममा रहेको धौलागीरी बोडिङ्, बाग्लुङ्को ब्राईट लोटस एकेडेमी र दाङ्को ज्योती पुञ्ज सेकेण्डरी स्कुल घोराही नील भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया