Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

निमावि शिक्षकको थप दुई विषयको नतिजा सार्वजनिक

शुक्रबार, ०१ असोज २०७२

भक्तपुर १ असोज / स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले शुक्रबार थप दुई विषयको नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार मध्यमाञ्लको गणित र सुदुर पश्चिमाञ्चलको अँग्रेजी विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।
नतिजाको लागि यहाँ क्लिक गर्नुहोस् ।

अबको क्रममा निमाविको ४ क्षेत्रको अँग्रेजी विषयको नतिजा सार्वजनिक गर्ने आगोगको तयारी छ । बाँकी विषय मध्ये नेपाली र सामाजिकको नतिजा प्रकाशनका लागि आयोगलाई अलिक धेरै समय लाग्ने देखिएको छ । नेपालीको ३६ हजार धेरै रहेकाले समय लाग्ने देखिएको हो ।

संविधान जारी गर्ने खुसीयालीमा हुने सार्वजनिक विदाका कारण काममा केही प्रभाव पर्न सक्ने अनुमान भएपनि काममा कुनै कमी नआउने आयोगको भनाई छ ।

'हामी दिन रात, चार्ड पर्व केही नभनी नतिजा प्रकाशनको काममा लागेका छौं' प्रवक्ता सुदर्शनल मरहठ्ठाले भने, 'समयमै नतिजा प्रकाशनका लागि हामी गम्भिर छौं ।'

बुधबार विज्ञान विषयको नतिजा सार्वजनिक गरेर आयोगले निमाविको नतिजा प्रकाशन गर्ने क्रम शुरु गरेको हो ।

स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षा अन्र्तगत निम्न माध्यमिक तर्फ बाँकी केही विषयको नतिजा बिहीबार सार्वजनिक गरेको थियो । पढ्नुहोस् निमावि तर्फ बाँकी केही विषयको नतिजा सार्वजनिक, नतिजाको लिँक सहित

गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।

प्रतिक्रिया