Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

प्रवेश परीक्षाा नलिइ एमबिबिएस नपढाउन अन्तरिम आदेश

शनिबार, १४ कार्तिक २०७२

काठमाडौं १४ कात्तिक / सर्वोच्च अदालतले विदेशी विद्यार्थीहरुलाई चिकित्साशास्त्रअन्तर्गत एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षाविनै भर्ना नलिन अन्तरिम आदेश जारी गरेको छ।
प्रधानन्ययाधीश कल्याण श्रेष्ठको एकल इजलाशले जुनसुकै विश्वविद्यालयले पनि अनिवार्य रुपमा प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्नु पर्ने भन्दै तत्काल यस्ता कार्य नगर्न भनेको हो।

काठमाडौं विश्वविद्यालयले आफ्ना प्राइभेट क्याम्पसमार्फत चिकित्साशास्त्रमा नयाँ विद्यार्थी भर्ना गर्न विदेशी विद्यार्थीहरुलाई सिधै फर्म वितरण गर्ने सुचना जारी गरेपछि परेको मुद्दामा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

विश्वविद्यालयले १ देखि ६ तारिखसम्म विदेशी विद्यार्थीहरुका लागि भर्ना हुन फर्म वितरण गर्ने सार्वजनिक सुचना जारी गरेको थियो । काठमाडौ विश्वविद्यालयको नियममा पनि अनिवार्य रुपमा स्वदेशी र विदेशी विद्यार्थीहरुलाई प्रवेश परिक्षा लिनुपर्ने भएपनि त्यसको अवघा गर्दै सुचना जारी गरेको थियो । केयूको उक्त सुचना गैरकानुनी र नेपाली विद्यार्थीहरुलाई पढ्न नदिने नियतले जारी भएको भन्दै गोविन्दप्रसाद यादव समेत ४ जनाले असोज २० गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै सर्वोच्चले तत्काल रोक लगाएको हो ।

सर्वोच्चले आगमी कात्तिक २९ गते दुवै पक्षलाई छलफलमा आउन समेत भनेको छ । 'विपक्षीको निर्णय तत्काल कार्यान्वयन हुदाँ निवेदकलाई अपुरणनिय क्षति हुने देखिएकाले हाललाई यथास्थितीमा राख्नु पर्ने देखिन्छ ' सर्वोच्चको आदेशमा भनिएको छ 'दुवै पक्षको वहश नभएसम्मका लागि उक्त निर्णय जुन अवस्थामा रहेको छ त्यही राख्नु भनि आदेश जारी हुने ठर्हछ । '

नागरिकमा दुर्गा दुलालको खबर

प्रतिक्रिया