Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

पात्रहरु

शनिबार, १४ कार्तिक २०७२

- श्रीबाबु कार्की 'उदास ' / सिकाई अनौपचारिक रुपमा पनि हुन सक्छ । यसो भन्दैमा औपचारिक शिक्षाको महत्व छैन भन्न सकिदैंन । कथाकार कार्कीले हाम्रो समाजमा घट्दो औपचारिक शिक्षाको मूल्य, मान्यता, महत्व र प्रयोगलाई लघुकथा मार्फत उजागर गरेका छन् । यो साताको शिक्षा साहित्यमा पात्रहरु :

क पात्र

एस एल सी सात पटक फेल भयो ।
पास गर्नलाई कुनै कसुर बाँकी राखेन
तर सकेन । उसले सोच्यो नाम त कमाउने पर्छ ।
उ सहित्यमा लीन भयो ।
हाल उ साहित्यमा अब्बल दर्जाकै हाराहारीमा छ ।

ख पात्र

आई ए मा झुण्डियो । वि ए पढ्नै पाएन
उसले सोच्यो दाम त कमाउनै पर्छ ।
राजनीतिमा होमियो रेलिङ् ढाल्यो । कुर्सी बाल्यो ।
पुस्तक फाल्यो । बल्ल मन्त्रीको लाइनमा पुग्यो ।

ग पात्र

वि ए पास गर्यो । एम ए मा डल्लो पर्यो ।
जागिर खान मेची काली चाहार्यो ।
पटक पटक लोकसेवाले जिल्लाराम पार्यो
बेरोजगारीले गर्दा समाजसेवामा लाग्यो ।
बल्ल उसले समाजसेवी र बुद्धिजीवीको तक्मा पायो

घ पात्र

पढाई गुनाइ गरेन
नेता कवि र बुद्धिजीवी परेन
घरबारी बेचेर काठमाडौं झर्यो ।
विदेश उड्ने रहर गर्यो ।
दिनै म्यान पावर धाउँदा जिल्ल पर्यो ।

साभार : २०६१ साल जेठको मधुपर्कबाट

प्रतिक्रिया