Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शिक्षक मृत अवस्थामा फेला

शुक्रबार, १३ कार्तिक २०७२

काठमाडौं १३ काीत्तक / अत्तरिया नगरपालिका–४ धनगढी को सडक छेउमा बिहीबार अछाम जिल्लाको एक विद्यालयका शिक्षक ४५ वर्षीय देवानन्द जैशी मृत अवस्थामा फेला पर्नुभएको छ ।

हातखुट्टा भाँचिएको र छाती पेटमा चोट पुगेको अवस्थामा शिक्षक जैशीलाई मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अछाम मुग्रा घर भई मङ्गलसेनस्थित सरस्वती प्राविका शिक्षक जैशी हाल अत्तरिया नगरपालिका–३ मा बस्दै आउनुभएको थियो ।

जैशीको सवारीसाधनको ठक्करबाट मृत्यु भएको आशङ्का गरिएको छ ।

यस अघि बिहीबारै जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले शिक्षक जैशीलाई सडक छेउमा बेहोस अवस्थामा फेला पारिएकोमा उपचारका क्रममा उहाँको सेती अञ्चल अस्पतालमा मृत्यु भएको जानकारी दिएको थियो ।

यसैगरी पहलमानपुरको सडकखण्डमा बिहीबार दोदोधारा गाविस कट्टीपुर गाउँका खड्के बूढाको बसको ठक्करबाट मृत्यु भएको छ ।

ना५ख १८१८ नं.को बसको ठक्करबाट साइकल चलाइरहेका बूढालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया