Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

तत्काल शिक्षक आयोग नखुल्ने !

विहीबार, १२ कार्तिक २०७२

भक्तपुर १२ कात्तिक / तत्काल शिक्षक सेवा आयोग नखुल्ने भएको छ । शिक्षक सेवा आयोगले कात्तिक महिनामै प्राथमिक तहका शिक्षकको लागि आयोग खोल्ने योजना बनाएको थियो । तर, नयाँ संविधान जारी भईसकेको सन्दर्भमा शिक्षकको नियुक्ति कसले गर्ने भन्ने स्पष्ट नभएकाले आयोग नखुल्ने भएको हो ।

नवनियुक्त शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई व्रिफिङ् गर्न शिक्षा विभागमा आयोजित कार्यक्रममा शिक्षा सचिव विश्व प्रकाश पण्डितले शिक्षक नियुक्तिको काम मन्त्रालय, विभाग वा गाउँपालिका नगरपालिका कसको हो भन्ने यकिन नभएको अवस्थामा आयोग खोल्न नसकिने बताएका हुन् । 

उक्त कार्यक्रममा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले विभागले तथ्याङ्क नदिदाँ प्राथमिक तहको शिक्षक सेवा आयोग खोल्न नसकिएको बताएका थिए । 'प्राथमिक तहको दरबन्दीको यकिन विवरण र दरबन्दी मिलानका बारेमा विभागबाट कुनै जानकारी नआएकाले तोकिएको समयमा आयोग खोल्न सकेनौं' उनले भने, 'दरबन्दी मिलान गरेर विभाग मन्त्रालयबाट आउला भनेर कुरेको तर अहिले सम्म नआएर हाम्रो योजना अनुसार काम हुन सकेन ।'
आयोगको योजना अनुसार विज्ञापन गरे पछि अस्थायी शिक्षकको समस्या समेत केही हद सम्म समाधन हुने उनको भनाई थियो ।

'शिक्षक नियुक्तिको अधिकार मन्त्रालय विभागको की गाविस नगरपालिकाको हो स्पष्ट भएपछि मात्रै त्यता लागौंला' पौडेलको धारणामा सचिव पण्डितले भने, 'प्राथमिक तहको आयोग पछि खोलौंला ।'

प्रतिक्रिया