Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

एसएलसी नतिजा अनुसार उत्कृष्ट र कमजोर जिल्ला

मंगलबार, ०८ असार २०७२

भक्तपुर ८ असार / एसएलसी परीक्षामा विद्यार्थी उत्तिर्ण प्रतिशतका आधारमा भक्तपुर सबै भन्दा उत्कृष्ट जिल्ला भएको छ । भक्तपुरमा ८७ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैगरी नतिजाका आधारमा सबै भन्दा कमजोर जिल्ला खोटाङ् भएको छ । जिल्लाको कूल उत्तिर्ण प्रतिशत १६ दशमलव ४५ प्रतिशत मात्रै रहेको छ ।

भक्तपुरमा ५ हजार ३ सय ९ परीक्षार्थीले एसएलसी दिएका थिए भने, ४ हजार ६ सय ५८ जना उत्तिर्ण भएका थिए । खोटाङ्मा ३ हजार ६ सय ५३ जनाले परीक्षा दिएकोमा ६ सय १ जना मात्रै उत्तिर्ण भएको नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिए ।

यसैगरी मुस्ताङ् दोश्रो भएको छ । यो जिल्लाको उत्तिर्ण प्रतिशत ८६ दशमलव ५६ रहेको छ । यहाँबाट १ सय १६ जनाले मात्रै परीक्षा दिएका थिए ।
ललितपुर तेश्रो भएको छ । यो जिल्लाको उत्तिर्ण प्रतिशत ८६ दशमलव ३२ रहेको छ । ९ हजार ३८ जनाले परीक्षा दिएकोमा ७ हजार ८ सय २ जना उत्तिर्ण भएको द्धारेले जानकारी दिए । यस्तै काठमाण्डुबाट परीक्षा दिने ३२ हजार ५ सय ७९ जना मध्ये २७ हजार ९ सय ८५ जना उत्तिर्ण भएका छन् । यो ८५ दशमलव ९० प्रतिशत हो ।

मनाङ् पाँचौ भएको छ । ५८ जनाले परीक्षा दिएकोमा ४३ जना उत्तिर्ण भएका छन् । यो ७४ दशमलव १४ प्रतिशत हो ।

यस्तै खोटाङ् पछि नतिजाका आधारमा कमजोर जिल्ला दैलेख भएको छ । यहाँको उत्तिर्ण प्रतिशत २० दशमलव ४६ रहेको छ । परीक्षामा सहभागी ४ हजार ६ सय ६४ मध्ये ९ सय ३४ जना मात्रै उत्तिर्ण भएका छन् । सल्यानको उत्तिर्ण प्रतिशत २० दशमलव ६८ छ । परीक्षा दिएका ३ हजार ९ सय ८१ मध्ये ८ सय २३ जना मात्रै उत्तिर्ण भएका छन् ।

सप्तरीमा ७ हजार ९ सय ३४ जनाले परीक्षा दिएकोमा १ हजार ६ सय ९६ जना मात्रै अर्थात् २१ द्यशमलव ३८ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् ।
ताप्लेजुङ्मा उत्तिर्ण प्रतिशत २१ द्यशमलव ७८ रहेको छ । २ हजार ४३ जनाले परीक्षा दिएकोमा यो जिल्लाबाट एसएलसी पास गर्ने विद्यार्थीका ेसंख्या ४ सय ४५ छ ।

प्रतिक्रिया