Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

वाइसिएल र शिक्षक संगठन अध्यक्ष जुवा खालबाट पक्राउ

बुधबार, ११ कार्तिक २०७२

काठमाडौं ११ कात्तिक / एकीकृत माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) उदयपुर अध्यक्ष र एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष दिलबहादुर फुयाल जुवाखालबाट पक्राउ परेका छन्।

दसैं मौका पारेर त्रियुगा नगरपालिका १ को पाटनदेवी मन्दिरको वाचनालयमा जमिरहेको जुवा खालमा रमिते रहेका उनीहरु सातजना जुवाडेसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

नगद २९ हजार आठसय ५३, पाँच समूहको ८० थान कौडा र तीन बुक ताससहित पक्राउ पर्ने अन्यमा त्रिनपा २ गाईघाटका नवराज श्रेष्ठ, होमप्रसाद उप्रेती, लालबहादुर बस्नेत र गोपाल कटुवाल रहेका छन्। त्यस्तै त्रिनपा १ का इन्द्रबहादुर मगर, त्रिनपा ३ का दामोदर रेग्मी र त्रिनपा १६ का बिर्खबहादुर कार्की पनि पक्राउ परेको जिल्ला प्रहरी निरीक्षक डिल्लीबहादुर चौहानले बताए।

मन्दिर परिसरमा जुवातास हुने गरेको गोप्य सुराकीको भरमा छापा मार्ग गएको टोलीले उनीहरुलाई सोमबार राति ११ः३० बजे पक्राउ गरी अनुसन्धान सुरु गरिएको इन्सपेक्टर चौहानले बताए।

वाइसिएल अध्यक्ष राई र शिक्षक संगठन अध्यक्ष फुयालले आफुहरु दसैंको विदामा रमिते मात्र बसेको प्रहरीलाई बताएका छन्। तर, उनीहरु खेलाडी हुन् वा रमिते मात्र हुन् भन्ने निक्र्यौल नभईसकेको प्रहरीले जनाएको छ। पक्राउ सबैलाई मंगलबार दिउसो सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा दर्ता गरेर अनुसन्धान थालिएको छ । घट्नास्थलबाट २० थान मोटरसाईकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने नौ जना मात्र भए पनि मोटरसाईकल र जुवाका कौडी बढी भएकाले कतिपय जुवाडे भागेको अनुमान प्रहरीको छ ।
नागरिकमा महेश्वर चामलिङ राईले लेखेका छन् ।

प्रतिक्रिया