Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

विद्यालय बन्द गर्न पहिल्यै सहमती ! थाहा नहुँदा विद्यार्थी मर्कामा

मंगलबार, १० कार्तिक २०७२

काठमाडौं १० कात्तिक / दशैं तिहारको बिचमा विद्यालय बन्द गर्ने बारेमा नीजि विद्यालय सञ्चालक र शिक्षा मन्त्रालय बिच पहिल्यै भद्र सहमती भएको रहस्य खुलेको छ । दशैं अघिनै भएको सहमती सार्वजनिक गर्न दुवै पक्ष हच्किँदा अभिभावक र विद्यार्थीले थप मार बेहोरेका छन्  ।

औपचारिक रुपमा विद्यालय बन्द गर्ने निर्णय गर्दा गलत नजिर बस्ने भन्दै शिक्षा मन्त्रालयले उक्त सहमती सार्वजनिक नगरेको मन्त्रालय श्रोतले बतायो । विद्यालय बन्द गर्ने भन्ने वित्तिकै ईन्धनको प्रयोगै नगर्ने सामुदायिक सहित अन्य विद्यालयहरु समेत बन्द हुने अड्कल काटेर मन्त्रालयले उक्त निर्णय सार्वजनिक नगरेको श्रोतको दावी छ ।

विद्यायल बन्द गर्ने निर्णय गर्दा आफू माथि अपजस आईलाग्ने भन्दै नीजि विद्यालय सञ्चालकहरुले पनि उक्त निर्णय गुप चुप राखे । जसले गर्दा दशैं मनाएर हतार हतार उपत्यका फर्केका अभिभावक र विद्यार्थी थप मर्कामा परे । विदा हुने कुरा पहिल्यै थाहा भएको भए उनीहरु हतार हतार गरेर फर्कने थिएनन् । तर, दशैं विदा सकिन एक दिन बाँकी हुँदा सोमबार बल्ल नीजि विद्यालय सञ्चालकहरुका तीनबटै संस्थाले विज्ञप्ति जारी गर्दै विद्यालय खोल्न नसकिने सार्वजनिक गरे । यस अघि दशैं विदा सकिएर कात्तिक ११ गते बुधबारबाट विद्यालय खोल्ने भनिएको थियो ।

ईन्धन अभावका कारण विषम परिस्थिती सृजना भएकोले विद्यालय बन्द गर्ने निर्णय भएको नजि तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसीले बताए । 'यो राजनीतिक समस्या भएकाले यही विचमा सल्टिहाल्छ की भन्ने सोचिएको थियो सोचे जस्तो भएन र बन्द गर्न हामी बाध्य भयौं' उनले भने । 

नीजि विद्यालय सञ्चालकका संगठनहरुले ईन्धन अभावका कारण विद्यालय बन्द गर्ने अवस्था आएको भन्दै ईन्धन उपलब्ध गराईदिन माग गर्दै घटस्थापनाको एक हप्ता अघिनै शिक्षा सहित गृह मन्त्रालयलाई औपचारिक पत्र पठाएका थिए । गृह मन्त्रालयले घटस्थापनाबाट विद्यालय बन्द गर्ने तयारी गर्दा समेत गलत नजिर बस्ने भन्दै मन्त्री परिषद् बैठकले उक्त प्रस्ताव अस्विकृत गरेको थियो ।

घटस्थापना देखि विदा नहुने

गएको बैशाखमा भएको भूकम्पका बेला २ सय २० दिनको शैक्षिक क्यालेण्डरलाई घटाएर १ सय ९२ दिन कायम गरे अनुसारनै ईन्धन अभावका कारण विद्यालय खुल्न नसक्ने हो भने सोहि ब्यवस्था अनुसार गर्न सकिने मन्त्रालयका प्रवक्ता हरी लम्सालले बताए । तर १ सय ९२ दिन को शैक्षिक क्यालेण्डर भने लागू गर्नै पर्ने उनको भनाई छ । 

यो बर्ष शैक्षिक सत्र शुरु भएदेखिनै पठन पाठनमा अबरोध आईरहेको छ । गएको बैशाखमा भएको भूकम्पका कारण झण्डै डेढ महिना पठन पाठन अवरुद्ध भएको थियो । तराईमा जारी आन्दोलनका कारण दुई महिना भन्दा धेरै समय देखि पठन पाठन ठप्प छ ।

प्रतिक्रिया