Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शिक्षक नेताका विद्यालय कमजोर !

बुधबार, ०९ असार २०७२

Image result for एसएलसी पूरक परीक्षा- एकराज गिरी - झापा ९ असार / यस बर्षको एसएलसी परीक्षाको नतिजा अनुसार झापाका शिक्षक नेताहरु कार्यरत विद्यालय कमजोर देखिएका छन् ।

यद्यपि यस बर्षको परिणाम अघिल्लो बर्षको तुलनामा सुधारोन्मुख रहेको छ । नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई कार्यरत धुलावारी उमाविबाट २२.४५% विद्यार्थी उत्तीर्ण भए । ९८ परीक्षार्थीमा ४ जना प्रथम, १५ जना द्वितीय र ३ जना तृतीय श्रेणीमा उत्तीर्ण भएको शिक्षा कार्यालयले जनाएको छ ।

नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल र नेपाल शिक्षक मञ्चका अध्यक्ष लखनलाल राजवंशी कार्यरत महेन्द्र–रत्न उमावि अनारमनीबाट ४५.३३% विद्यार्थी उत्तीर्ण भएका छन् । सो विद्यालयबाट ७५ विद्यार्थीमा ११ जना प्रथम, २२ जना द्वितीय र १ जना तृतीय श्रेणीमा उत्तीर्ण भए । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बुद्धिमान कार्की कार्यरत जनता उमावि गौरादहबाट ४४% विद्यार्थी उत्तीर्ण भए । एक सय विद्यार्थीमा ९ जना प्रथम र ३५ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका हुन् ।

नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य तथा मधेशी शिक्षक युनियनका जिल्ला अध्यक्ष वीरेन्द्रप्रसाद गुप्ता कार्यरत लक्ष्मी मावि शनि अर्जुनबाट ६३.६४% विद्यार्थी उत्तीर्ण भए । ३३ विद्यार्थीमा प्रथममा १, द्वितीयमा १८ र तृतीय श्रेणीमा २ जना उत्तीर्ण भएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शिवकुमार राजभण्डारी कार्यरत सरस्वती मावि पृथ्वीनगरबाट ४४.४४% विद्यार्थी उत्तीर्ण भए । जसमा १८ जना प्रथम र ८ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएको शिक्षा कार्यालय झापाले जनाएको छ ।

नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य नारायण गौतम कार्यरत शहीद धर्मभक्त उमावि तोपगाछीबाट २१.२१% विद्यार्थी उत्तीर्ण भए । ६३ विद्यार्थीमा २ जना प्रथम र १२ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका हुन् । गणतान्त्रिक शिक्षक फोरमका अध्यक्ष उमेशकुमार साह कार्यरत बलभद्र जनता उमावि धाइजनबाट २२.२२% विद्यार्थी उत्तीर्ण भए । २७ जनामा २ जना प्रथम र चार जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका हुन् ।

मधेशी शिक्षक फोरम लोकतान्त्रिकका अध्यक्ष मंगलसिंह राजवंशी कार्यरत शुक्र मावि शिवगञ्जबाट १८.५२% विद्यार्थी उत्तीर्ण भए । २७ विद्यार्थीमा ५ जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका हुन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष डम्बर देउजा कार्यरत पञ्चरत्न मावि चारपानेबाट ६.८२% विद्यार्थी उत्तीर्ण भए । सो विद्यालयबाट ४४ परीक्षार्थीमा एक जना प्रथम र २ जनाले द्वितीय श्रेणी हासिल गरे ।

त्यस्तै शिक्षक युनियनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई कार्यरत देवी उमाविबाट ३७.३५% विद्यार्थी उत्तीर्ण भए । ८३ जनामा ६ जना प्रथम, २२ जना द्वितीय र तीन जना तृतीय श्रेणीमा उत्तीर्ण भएका हुन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय कोषाध्यक्ष विनोदानन्द झा कार्यरत सरस्वती उमावि दमकबाट ४१.११% विद्यार्थी उत्तीर्ण भए । ९० जनामा २ जना प्रथम, २९ जना द्वितीय र ६ जनाले तृतीय श्रेणी हासिल गरेको शिक्षा कार्यालयले जनाएको छ । 
 
शिक्षक नेताहरु मध्ये गुप्ताको स्कूल उत्कृष्ट

शिक्षक सम्वद्ध संघसंगठनको नेतृत्व गर्ने झापाका शिक्षक नेताहरु कार्यरत विद्यालय मध्ये शनिअर्जुन ५ को लक्ष्मी माविले २०७१ सालको एसएलसीमा उत्कृष्ट नतीजा हासिल गरेको छ । शिक्षक नेताहरु मध्ये वीरेन्द्रप्रसाद गुप्ता प्रधानाध्यापक रहेको उक्त सामुदायिक विद्यालयबाट यस वर्षको एसएलसीको परिणाम अनुसार ६३.६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

लक्ष्मी माविबाट ३३ जना विद्यार्थी परीक्षामा सामेल भएकोमा एक जना प्रथम श्रेणी, १८ जना द्धितीय श्रेणी र दुई जना तृतीय श्रेणीमा उत्तीर्ण भएको शिक्षा कार्यालय झापाले जनाएको छ ।

प्रधानाध्यापक गुप्ता नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य र मधेशी शिक्षक युनियनका झापा अध्यक्ष हुन् ।

एसएलसीमा सहभागी झापाका १११ सामुदायिक विद्यालय मध्ये लक्ष्मी मावि उक्त परिणाम संगै जिल्लाको उत्कृष्ट पाँचौ विद्यालय बनेको छ । शनिअर्जुन नगरपालिका र शनिश्चरे श्रोत केन्द्रमा भने लक्ष्मी मावि प्रथम भएको छ ।

लक्ष्मी माविले यस वर्ष हासिल गरेको नतीजा गत वर्षभन्दा ४८.२८ प्रतिशतले बढी हो । गत वर्ष सो मावि बाट १५.३६ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण भएका थिए ।

विद्यालयको भौतिक विकास संगै शैक्षिक गुणस्तरमा गरिएको सुधारका कारण लक्ष्मी माविले उत्कृष्ट नतीजा हासिल गरेको भन्दै अभिभावकले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया