Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

निवर्तमान गृहमन्त्री गौतम पूस्तक लेख्दै 

सोमबार, ०९ कार्तिक २०७२

काठमाण्डौँ, ९ कात्तिक । राज्यको जिम्मेवारीबाट फुर्सद पाएका नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम ‘नेपालको ऐतिहासिक सन्दर्भ र नवनिर्माण अभियान’ नामक पुस्तक प्रकाशनको तयारीमा लागेका छन् ।

निवर्तमान सरकारमा उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गौतमले आफ्नो नयाँ पुस्तकमा नेपालको समग्र इतिहास, राष्ट्रियताको विकास, वर्ग सङ्घर्षको नयाँ रुप र सम्भावना, सामाजिक आर्थिक रुपान्तरण, जलस्रोतको एकीकृत विकास, कृषि क्रान्ति, नयाँ नेपालका निम्ति पूर्वाधार विकासजस्ता विषय समेट्ने जानकारी दिए ।  पुस्तक प्रकाशनको जिम्मा लिएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कृतिलाई सकेसम्म चाँडै प्रकाशन गरिने बताए ।

उपाध्यक्ष गौतमका यसअघि दर्जनौँ विचारमूलक पुस्तक प्रकाशित भएका छन् भने एक गीति एल्बम र एक गीति सङ्ग्रह प्रकाशित छन् ।  सरकारमा रहदा पार्टीभित्रैबाट विभिन्न आरोप खेपेका गौतम गृहमन्त्री छँदा मुलुकमा ठूला प्राकृतिक प्रकोपका घटनाहरु भएका थिए ।

भूकम्पका बेला उद्धार कार्य प्रभावकारी नभएको भन्दै उनको पार्टीभित्रैबाट तिखो आलोचना भएको थियो भने संविधान जारी गर्ने बेलामा देशका विभिन्न ठाउँमा हिसात्मक घटना भएपछि उनले शान्ति सुरक्षा दिन नसकेको आम नेपालीको बुझाई छ ।

यसमा भदौ ७ गते कैलालीको टीकापुरमा एक एसएस्पी र २ बर्षे बालकसहित ९ जना सुरक्षाकर्मीको आगोमा जलेर विभत्स हत्या हुँदा समेत उनले अहिलेसम्म पनि दोषीलाई पक्राउ गर्न नसकेको आरोप छ।  यो असफलताका बारेमा उनले आफ्नो पूस्तकमा लेख्लान की नलेख्लान भन्ने धेरैको चासो छ । (रासस)

प्रतिक्रिया