Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भरतपुर अस्पतालमा बिएन र पिजी पनि पढाई हुने   

आइतबार, ०८ कार्तिक २०७२

चितवन, ८ कात्तिक । भरतपुर अस्पताल विकास समितिले यस बर्ष थप दुई वटा शैक्षिक कार्यक्रम शुरु गर्ने भएको छ।  यसै शैक्षिक सत्रदेखि पठनपाठन शुरु गर्ने गरी भरतपुर अस्पतालले सेवालाई अध्ययन र अनुसन्धानसँग जोड्ने उद्धेश्यका साथ आइतबारबाट दुई शैक्षिक कार्यक्रम शुरु गर्ने जनाएको हो ।  

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) अन्तर्गत बिएन र पोस्ट ग्य्राजुयट (पिजी) को पठनपाठन शुरु हुन लागेको हो । अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीका अनुसार अस्पतालले हाल प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेलका अनुसार यस शैक्षिक सत्रमा बिएन मा २० र पोस्ट ग्य्राजुयटमा चार जनालाई अध्यापन गराइने छ । बिएनको प्रवेश परीक्षा लिएर चाडँै नै पठनपाठन शुरु हुने पनि जनाइएको छ। अस्पतालमा जनशक्ति रहेका स्त्री रोग, मानसिक रोग, सर्जरी र अर्थोपेडिकमा एक/एक जनाको पोस्ट ग्य्राजुयट पढाइ हुँनेछ । यो सङ्ख्या विस्तारै बढाउदै जाने मेडिकल सुपरिटेन्डेन्ट भुर्तेलले बताए ।  

पोस्ट ग्रेजुयट अध्ययनका लागि सरकारले खर्च गरेर निःशुल्क पढाउँदै छ भने बिएन र प्रवीणता प्रमाणपत्र तह नर्सिङमा निजी संस्थामा भन्दा झन्डै आधा कम शुल्कमा विद्यार्थीले पढ्न पाउने छन् । बिएनमा नाम्सले विद्यार्थी छनोट गरी पठाइसकेको छ भने पोस्ट ग्य्राजुयटमा विद्यार्थी पठाउन बाँकी छ । भरतपुर अस्पतालमा हाल सरकारी स्वीकृत तीन सय र विकास समितिको एक सय २५ गरी चार सय २५ शैया सञ्चालनमा छन् । 

शैक्षिक कार्यक्रम सञ्चालन गरेसँगै आवासीय चिकित्सक रहने हुँदा स्तरीय सेवा बिरामीले पाउने अध्यक्ष सुवेदीले बताए । यी कार्यक्रम सञ्चालनपछि आउँदो शैक्षिक सत्रदेखि एमएनको पढाइका लागि सम्बन्धनको तयारी समेत थालिने छ । भरतपुर अस्पतालमा चितवन, नवलपरासी, मकवानपुर, बारा, पर्सा, गोरखा, लमजुङ, तनहुँ, धादिङलगायत जिल्लाबाट बर्सेनि करिब एक लाख ५० हजार बिरामीले सेवा लिँदै आएका छन् । 

(रासस)

 

प्रतिक्रिया