Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

नयाँ शिक्षामन्त्रीबाट नीतिगत परिवर्तन हुन्छ : प्रवक्ता लम्साल 

आइतबार, ०८ कार्तिक २०७२

काठमाण्डौ ८ कात्तिक / शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले एकिकृत एमाओवादी कोटाबाट नयाँ शिक्षामन्त्री भएका गिरिराजमणी पोखरेलबाट शिक्षामा नीतिगत परिवर्तन हुने बताएका छन् ।  उनले आइतबार एडुखबरसंग कुराकानी गर्दै शिक्षाको विकास र सुधारका लागी नीतिगत रुपमै समस्या रहेकोले त्यसलाई सुधार गर्ने बचन नयाँ शिक्षामन्त्री पोखरेलले आफुलाई दिएको बताए । 

“उहाले मलाई भन्नु भएको छ, म सानो तिनो कुरामा लाग्दिन, शिक्षामा नीतिगत समस्या धेरै छन् । मेरो प्रयास त्यो सुधार्ने नै हुन्छ” प्रवक्ता लम्सालले भने ।  नीतिगत समस्या के के सुधार्ने भन्नेमा प्रवक्ता लम्सालले पनि प्रष्ट पारेनन् । तर लामोसमयदेखि शिक्षा नियमावलीमा भएका धेरै जसो व्यवस्थाहरु कार्यान्वयन भएका छैनन् । 

मन्त्री पोखरेलले पदभार सम्हालेकै दिन मन्त्रालयमै आफुले गर्ने कामका बारेमा व्रिफिङ गरेको र चाँडै नै नयाँ कार्यक्रमका साथ अगाडी बढ्ने बताएको लम्सालले दाबी गरे ।  एमाओवादीका प्रमुख सचेतक पोखरेल महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित सभाषद हुन् । उनी यसअघि स्वास्थ्यमन्त्री समेत भएका थिए । हालसम्म पनि अविवाहित रहेका पोखरेलले मन्त्री भएपछि त्यस्तो कुनै महत्वाकांक्षी घोषणा सार्वजनिक गरेका छैनन् ।

तर पनि हाल तराईमा झन्डै साढे २ महिनादेखि बन्द रहेका विद्यालय खुलाउने प्रुमख चुनौति नयाँ शिक्षामन्त्री पोखरेलका सामु छ ।  त्यसका साथै भूकम्पबाट अतिप्रभावित ७ जिल्लामा त्यतिबेला रोकिएको पठनपाठन यो दशैं तिहारको बीचमा पनि पठन पाठन सुचारु गर्ने अर्को चुनौति छ । त्यससंगै भागवण्डाबाट हुने नियुक्ति रोकि क्षमता र प्रतिस्पर्धाका आधारमा हुने सरोकारवालाहरुको आशा छ ।

यसअघि तराई तथा मधेसमा विगत चलेको आन्दोलनले पठन पाठन ठप्प हुदा पनि त्यसबारे कुनै पहल नगरी सरकार परिवर्तन भएसंगै बाहिरिएकी निवर्तमान शिक्षा मन्त्री चित्रलेखा यावद जस्ता अहिलेका मन्त्री नहोलान् भन्ने धेरैको अनुमान छ । लम्सालले सोही कुराको स्मरण गर्दै शिक्षाको विकासका लागी हरेक पक्ष जिम्मेवार हुनुपर्ने र राजनीतिक दलहरुको योजना तथा कार्यक्रम निर्णायक हुनुपर्ने पनि बताए ।  

विगतमा अहिलेको शिक्षालाई बुर्जुवा भन्दै यसको तिखो आलोचना देखि बहिष्कारसम्म गर्दे आएको एकिकृत माओवादीले शिक्षामा कुने परिवर्तन गर्न नसकेको आरोप पनि माओवादी नेताहरुमाथी लाग्ने गरेको छ।

 

 

 

 

 

 

 

प्रतिक्रिया