Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

विद्यालय कर्मचारी माथि सबै तिरबाट किन अन्याय ?

सोमबार, ०२ कार्तिक २०७२

Ashim Khatiwada

हामी बिद्यालय कर्मचारी अनि स.का. हरुको श्रम शोषण गरेकै छन् । अब कर्मचारीहरुले बिद्यालयका कक्षा कोठा खोलेर अफिस खोल्न नदिएर आन्दोलन को शुरुवात गर्नु पर्छ । हुनत यो भन्दा अगाडि पनि आन्दोलन नभएका होइनन् । तर अब फेरि गर्नै पर्ने भयो ।

अबको आन्दोलन सडकमा हैन आ आफ्नै कार्यस्थल मा गर्नु पर्छ । विद्यार्थीलाई पढाइमा असर नगरी कार्यालयको काममा असहयोग गर्नु पर्छ । अस्ति असार २१ गते सम्ममा ल्याउने हल्ला गरिएको कर्मचारी निर्देशिका पनि खै त ?

अझै पनि यो सरकार लाई बिश्वास गरिहाल्ने कुनै आधार छैन । कर्मचारीको माग अनि समस्या प्रती शिक्षक महासंघले पनि अलिक जिम्बेवार भएर सोच्नु पर्यो अनि सहयोग गर्नु पर्यो । कर्मचारी अनि स.का. हरुको मागमा महासंघले सहयोग नगरेको आरोपलाई गलत साबित गराउन सक्नु पर्यो । कर्मचारिका बारेमा सर्बोच्च अदालतले दिएको आदेशको कार्यान्वयन नगर्ने शिक्षा मन्त्रालय गैर जिम्बेवार छ । त्यही प्रकारको आदेश अस्थाइ शिक्षकको बारेमा कार्यन्वयन गर्ने तर कर्मचारीलाई बेवास्ता गरिनु स. का. हरुको याद नगर्नुले पनि शिक्षक महासंघको कार्यशैली प्रती शंका गर्न सकिन्छ ।

अब सडकमा हैन आ–आफ्नो कार्यस्थलमा आन्दोलन गर्नु पर्छ । आन्दोलनको प्रचार प्रसार अलिक अगाडि बाटनै गर्नु पर्छ । प्रचारमा सामाजिक संजाल अनि छापा तथा बिद्युतीय संचारको उपयोग गर्न सकिन्छ । त्यस्ता साधनको उपयोग गर्दा सुचना, विज्ञापन नभएर ससामाचर मार्फत गर्दा खर्च पनि अति कम लाग्छ । सडक मा गएर प्रहरीको लाठी खानु भन्दा अलिक फरक र प्रभावकारी खालको आन्दोलनको लागि आग्रह गर्छु । त्यसो हुँदा ८० प्रतिशत कर्मचारीले आन्दोलनको समर्थन र सहयोग गर्छन् ।

- असिम खतिवडा बहुबन मा.बि. इरौँटार, इलाम । कोल्बुङ् स्रोत केन्द्र ।

प्रतिक्रिया