Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शिक्षक सेवा आयोगद्वारा केन्द्र निर्धारण (केन्द्र सहित)

शुक्रबार, ११ असार २०७२

भक्तपुर ११ असार / शिक्षक सेवा आयोगले परीक्षा केन्द्र निर्धारण गरेको छ । असार २५ गतेबाट हुने माध्यामिक तहको परीक्षाका लागि १ सय ७१ केन्द्र निर्धारण गरिएको छ । असार २६ गते हुने निम्न माविका लागि ४ सय ५५ केन्द्र निर्धारण गरिएको छ । 

माध्यामिकका लागि पूर्वाञ्चलमा ३८, मध्यमाञ्चलमा ५१, पश्चिमाञ्चलमा ३८, मध्य पश्चिममा २२ र सूदूर पश्चिममा २२ केन्द्र तय गरिएको आयोगले जनाएको छ । 

माध्यमिकमा ४४ हजार १ सय २४ उम्मेद्वारले परीक्षा दिदैं छन् । जस अनुसार पूर्वाञ्चलमा ८ हजार ९ सय ६१, मध्यमाञ्चलमा १२ हजार ७ सय ३०, पश्चिमाञ्चलमा ११ हजार ६ सय ३५, मध्य पश्चिममा ५ हजार ५ सय ८१ र सुदुर पश्चिममा ५ हजार १ सय १७ परीक्षार्थी रहेको आयोगले जनाएको छ । परीक्षा विहान ८ बजेबाट हुने छ । 

यस्तै निम्नमाध्यमिक तह तर्फ १ लाख १८ हजार २ सय ६१ परीक्षार्थी सहभागि हुदैं छन् । पूर्वाञ्चलमा १ सय ६, मध्यमाञ्चलमा १ सय १८, पश्चिमाञ्चलमा ९९, मध्य पश्चिममा ७९ र सुदुर पश्चिममा ५३ केन्द्र तय गरिएको आयोगले जनाएको छ । पूर्वाञ्चलमा २५ हजार ७ सय १२, मध्य पश्चिममा २९ हजार ६ सय ५, पश्चिमाञ्चलमा २९ हजार ९ सय २८, मध्य पश्चिममा २० हजार १ सय ६५ र सुदुर पश्चिममा १२ हजार ८ सय ५१ जना परीक्षार्थी छन् । 

यस अघि विहान ८ बजे हुने भनिएको निम्न माध्यामिकको परीक्षा लोक सेवा आयोग संग परीक्षा जुधेको भन्दै विहान ११ बजेका लागि सारिएको आयोगले जनाएको छ ।  

असार ११ र १२ गते तय भएको परीक्षा भूकम्पका कारण पछि सरेको हो । शिक्षक सेवा आयोगको परीक्षा सर्यो

कति पदका लागि आयोग खुलेको थियो ? पढ्नुहोस् शिक्षक आयोग खुल्यो (आयोगको विज्ञापनसहित)

परीक्षा केन्द्र निम्नानुसार कायम गरिएको छ : 

प्रतिक्रिया