Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षा मन्त्रीमा गिरिराजमणि पोखरेल

आइतबार, ०१ कार्तिक २०७२

काठमाडौं १ कात्तिक / एकिकृत माओवादी सचिव गिरिराजमणि पोखरेल शिक्षा मन्त्री हुने पक्का भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आठौं दिनमा मूलुकले नयाँ शिक्षा मन्त्री पाउने पक्का भएको हो । माओवादीले आफ्नो पार्टिबाट सरकारमा सामेल हुने मन्त्रीहरुको नाम टुङ्ग्याएसँगै पोखरेल शिक्षा मन्त्री हुने भएका हुन् । प्रधानमन्त्रीले आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेको श्रोतले जनाएको छ ।

बाणिज्य शास्त्रमा स्नातकोत्तर तथा कानूनमा स्नातक पोखरेललाई बैचारिक क्षमता भएका नेता मानिन्छ । तत्कालिन एकता केन्द्र मसालको विद्यार्थी संगठनमा २०४१ साल देखि ४५ साल सम्म अध्यक्ष भएका पोखरेल पूर्व स्वास्थ्य मन्त्री समेत हुन् ।
२०१५ सालमा खोटाङ्को खार्पामा जन्मेका पोखरेलको विद्यालय शिक्षा खोटाङ्मै पुरा भएको हो । उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ् क्याम्पसबाट भएको हो ।
कनककुमारी र चन्द्रमणिका साईलो छोरा पोखरेलका ७ दाजु भाई र २ दिदी बहीनी छन् । उनी अविवाहित हुन् ।

पोखरेल २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट प्रत्यक्षबाट विजयी भएका हुन् ।

प्रतिक्रिया