Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सार्वजनिक पुस्तकालयलाई आर्थिक सहयोग

आइतबार, ०१ कार्तिक २०७२

काठमाडौं १ कात्तिक / पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले पोखरा सार्वजनिक पुस्तकालयलाई रु एक लाख सहयोग गर्नुभएको छ ।

यहाँका शैक्षिक गतिविधि तथा कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आउनुभएका जोनले पोखरा सार्वजनिक पुस्तकालयलाई एक लाख सहयोग गर्नुभएको हो ।

महेन्द्रपुलस्थित पुस्तकालयको अक्षयकोषमा सहयोग पु¥याउने हेतुले उहाँले सो रकम पुस्तकालयलाई हस्तान्तरण गर्नुभएको हो । शिक्षाविद् जोनले सो रकम बराबरको चेक पुस्तकालयका अध्यक्ष प्रा डा विश्व श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

“पुस्तकालयको औँचित्य कम भएको छैन्, झन् बढेको छ तर पुस्तकालय सञ्चालनमा कठिनाइ छन्”– शिक्षाविद् जोर्ज जोनले भन्नुभयो, “यहाँहरूको अभियानमा मैले सानो सहयोग गरेको हुँ, थोरै भए पनि पुस्तकालयको हित हुनेछ भन्ने विश्वास लिएको छु ।”

अध्यक्ष श्रेष्ठले अक्षयकोषमा प्राप्त रकम कहिल्यै क्षय नहुने भन्दै शिक्षाविद् जोनजस्तो शिक्षाको ज्योति छर्नेलाई पाउँदा पोखराले गर्व गर्नुपर्ने बताउनुभयो ।

पुस्तकालयले रु एक करोड बढीको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ । यसले समयअनुसार पुस्तकालयको स्तरोन्नति र व्यवस्थापनमा सघाउ पुग्ने सहसचिव सूर्य क्षेत्रीले जानकारी दिनुभयो । “समाजसेवी तथा सङ्घ, संस्थाबाट प्राप्त सहयोग ग्रहण गरी अक्षयकोष स्थापना गरिएको छ”– उहाँले भन्नुभयो, “कोषमा हालसम्म रु १८ लाख ५० हजार प्राप्त भएको छ ।”

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया