Edukhabar
आइतबार, ०६ असोज २०८१
विदेशमा शिक्षा

भूकम्प पिडीत विद्यार्थीलाई न्युजिल्याण्डको छात्रवृत्ति

शुक्रबार, २९ असोज २०७२

काठमाडौं २९ असोज / विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदंै आएका संस्थाहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ इक्यानले भूकम्प पिडीत विद्यार्थीलाई न्युजिल्याण्डको छात्रवृत्ति प्रदान गर्ने भएको छ । न्युजिल्याण्डको नेशनल ट्रिटेरी एजुकेशन कन्सोरिटम लिमिटेड एन्टेक सँग सम्झौता गर्दै इक्यानले उक्त छात्रबृत्ति प्रदान गर्न लागेको हो । इक्यान र एन्टेक विच भएको सम्झौता अनुसार एक जनालाई पूर्ण छात्रवृत्ति र एक जनालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।

तर, उक्त सम्झौता अनुसार न्युजिल्याण्ड पढ्न चाहने उच्च शिक्षा हासिल गरेका जो कोही विद्यार्थी सहभागि हुन सक्नेछन् । भूकम्प पिडीत बाहेक अरु इच्छुक विद्यार्थीले ३ हजार डलर तिरेर पढ्न सक्ने जनाइएको छ ।

अध्यक्ष राजेन्द्र बरालका अनुसार छात्रवृत्तिको फारम दशैं पछाडी वितरण गरिने छ । उनका अनुसार पहिलो प्राथमिकता भूकम्प पडित भएता पनि मेरिटका आधारमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीको छनौट गरिने भएकाले जो कोही विद्यार्थीले पनि आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया