Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

मानव शास्त्र र समाजशास्त्र विभाग छुट्टियो, बन्द पठनपाठन आईतबारदेखि

शुक्रबार, ११ असार २०७२

काठमाडौं ११ असार / त्रिभुवन विश्वविद्यालयले मानव शास्त्र र समाजशास्त्र विभाग छुट्टा छुट्टै बनाउने प्रकृया शुरु गरेको छ । फरक विभागको माग सहित आन्दोलनरत प्राध्यापक विद्यार्थीको मागलाई सम्बोधन गर्दै त्रिविले साउन १५ गते भित्र फरक फरक विभाग बनाउने निर्णय गरेको हो  । त्रिवि एकेडेमिक काउन्सिलका प्रमुख समेत रहेका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले फरक विभाग बनाउने प्रकृया शुरु गरिएको लिखित जानकारी गराएसँगै बन्द रहेको पठन पाठन आईतबार देखि शुरु हुने भएको छ ।

त्रिविको लिखित प्रतिवद्धतासंगै हामीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छौं, समाजशास्त्र तर्फ एमफिलका विद्यार्थी विष्णु बसेलले भने, प्रकृयागत तयारी पुरा गर्न बाँकी एक महिनाको समय तय गरिएको हो । 

फरक विभागको माग सहित गत चैत १५ गते देखि स्नातकोत्तरका र बैशाख ६ गते देखि एमफिलका कक्षा बन्द गरेर विद्यार्थी आन्दोलनमा थिए । उनीहरुको आन्दोलनमा प्राध्यापकहरुको समेत समर्थन थियो । पढ्नुहोस् - किन आवश्यक पर्यो छुट्टा छुट्टै विभाग ?

 

 

 

प्रतिक्रिया