Edukhabar
शुक्रबार, १९ पुस २०८१
जिव्रो

शिक्षक आयोगको गम्भिर गल्ति : कुनै कारवाही होला ?

शुक्रबार, १२ असोज २०७५

शिक्षक छनोटमा गरिमा बटुलिरहेको शिक्षक सेवा आयोग यसपाली मावि बस्तुगत प्रश्नमा चुकेको छ ।

१. जम्मा ४० वटा प्रश्न बनाउदा कति बिज्ञ टोलि होलान्, मोडेरेसन टिम होला, कति खर्च पानी दिईएको होला तर त्यसरी निर्मित एक सेट प्रश्नमा हामीले थाहा पाएका मात्र पनि दुई गम्भिर गल्ति छन् । जहाँ शिक्षा ऐनले संशोधन गरिसकेको विषय समेत आयोगलाई जानकारी छैन र पुरानै किताबबाट प्रश्न बनेको छ । यो लज्जास्पद छ । 

२. प्रश्न निर्माण गर्दा प्रश्नको कठिनाई स्तर, विभेदन शक्ति जस्ता विषयलाई वेवास्ता गरि बनाईएका प्रश्न स्तरीय मानिदैनन् । यहाँ कसरी गार्हो प्रश्न सेट गर्ने भन्ने मानिसकताका सिद्धान्त अनविज्ञ विज्ञबाट प्रश्न सेट गराईको छ । यस्ता प्रश्नले स्तरीय शिक्षकको छनौट नगरी हचुवामा धेरै मिलाउने र मिहेनत नगरेका उम्मेदवारलाई छनौट गर्नसक्ने सम्भावना बढाईदिन्छ । 

३. प्रश्नले तयारी गर्ने र नगर्ने उम्मेदवारलाई समान सतहमा ल्याईदिएको छ । जसले आगामी परिक्षाको तयारीमा वितृष्णा थपेको छ । 

४. आयोगले निर्दिष्ट गरेको पाठ्यक्रम भन्दा बाहिरबाट समेत प्रश्न पर्नु गम्भिर गल्ति हो । के गल्तिहरुको समिक्षा होला ? यसरी गम्भिर गल्ति गरी लाखौ युवाहरुको विश्वास माथि खेलबाड गर्नेहरुलाई कुनै कारवाही होला ?

प्रतिक्रिया