Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

थेसिस लेख्ने तरिका २३ : पूर्व प्रयोगात्मक विधि

विहीबार, २८ असोज २०७२

- डा. मनप्रसाद वाग्ले / थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थी अन्यौलमा हुन्छन् ।  नियमित कक्षा लिएका हुदैंनन्  । कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा बर्षौदेखि अधुरै हुन्छ । विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. वाग्लेले फेसबुक मार्फत थेसिस लेख्ने तरिका यसरी उल्लेख गरेका छन्  । यस अघिका सम्पूर्ण भाग सहित यसपटक २३ औं भाग :

गएको पाठ २२ मा हामीले experimental research को सामान्य परिचय पायौं/ त्यसैको निरन्तरता स्वरुप आजको पाठ देखि हामी experimental design का प्रकारहरुका बारेमा छलफल अगाडी बढाउँदैछौं /

Pre-experimental Design

यसको नामैबाट थाहा हुन्छ की यो experimentalअनुसन्धान त हो तर यसले निकालेको नतिजामा त्यति बिश्वास गरिहाल्ने अवस्था रहन्न/ यस्तो अनुसन्धानमा भरपर्दो तुलनात्मक समूहको व्यवस्था गरिन्न जसले गर्दा नतिजा एकोहोरो हुन जान्छ/ उदाहरणका लागि तपाइंलाई आफुले पढाउने कक्षामा कुनै नयाँ विधिको प्रयोग गर्न मन लाग्यो र त्यो बिधि कत्तिको प्रभावकारी होला भन्ने जिज्ञासा उठ्यो/ तपाईं प्राथमिक तहमा अंग्रेजी पढाउनुहुन्छ / Word Flash Card प्रयोग गरेर पढाए उनीहरुको vocabulary बढ्छ की एकपटक हेर्नु पर्यो भन्ने तपाइंलाई लाग्यो/ तपाइंले आफुले पढाउने पाठ्यपुस्तकका आधारमा त्यस्तो सामग्री बनाएर एक हप्ता परिक्षण गर्नु भयो र विद्यार्थीको vocabulary मा आएको परिवर्तन मापन गर्नु भयो/

यसबाट तपाईं एउटा निर्णयमा पुग्नु हुन्छ/ यो Pre-experimental design हो/ यो प्रकारको design लाइ One Shot Case Study भनिन्छ/ किनभने तपाइंले एउटा समूहमा एउटा प्रयोग गर्नु भयो र त्यसैका आधारमा निष्कर्ष निकाल्नु भयो/ तर तपाईंकै प्रयोगका आधारमा विद्यार्थीको अंक बढेको वा घटेको भन्ने आधार छैन अरु कारणले पनि उनीहरुको उपलब्धिमा असर परेको हुन सक्छ जुन तपाइंले यहाँ हेर्ने प्रयास गर्नु भएको छैन/ न त कुनै तुलनात्मक समूहको व्यवस्था गरियो न त अरु असर पार्ने तत्वहरुलाई अनुसन्धानमा नियन्त्रण गर्ने प्रयास नै भयो/ न त तपाईंले यसमा कुनै पूर्व परिक्षा लिएर पछिको अंक नै तुलना गर्नु भयो/

अब pre-experimental design कै अर्को किसिम हेरौं One Group Pre-test Post-test Design/ नामैबाट थाहा भयो यो अनुसन्धान मा एउटा मात्र समूह हुन्छ, त्यो समूहको pre-test गरेर तपाइंले लागू गर्ने प्रयोग जसलाई अनुसन्धानको भाषामा treatment भनिन्छ, त्यो प्रयोग गरिन्छ र अन्तमा फेरी परिक्षण post-test गरिन्छ/ उदाहरण अगिकै लिउँ/ तपाइंले विद्यार्थीको vocabulary कति रहेछ भनेर एउटा test बनाउनु हुन्छ, फ्लाश कार्ड प्रयोग गरेर शिक्षण गर्नु अगि त्यो test लिनु हुन्छ र उनीहरुको अङ्क रेकर्ड गर्नु हुन्छ/

त्यसपछि फ्लाश कार्ड प्रयोग गरेर पढाउनु हुन्छ अनि अन्तमा फेरी त्यही test लिएर मापन गर्नु हुन्छ/ ती दुइको फरकनै फ्लाश कार्ड को प्रयोगको सफलता वा असफलता मान्नु हुन्छ/ यसमा पनि तुलनात्मक समूह जसलाई अनुसन्धानको भाषामा control group भनिन्छ, तपाइंले प्रयोग नगरेका कारण अगिको design भन्दा अलि राम्रो देखिएता पनि माथि भनिएका अरु कारणका आधारमा कम्जोर design नै मानिन्छ/

Pre-experimental design को तेस्रो प्रकार हो Static Group Comparison Design/ अगिल्ला दुइ प्रकारको तुलनामा यो design अलि फरक छ/ यसमा दुइवटा समूह हुन्छन एउटाले तपाइंको नया प्रयोगको अवसर पाउँछन भने अर्कोले परम्परागत शिक्षण/ अनि तपाइंको परिक्षण सकिएपछि दुवै समूहको vocabulary मापन गरिन्छ/ जुन समूहको सरदर अंक बढी भयो त्यही शिक्षण प्रभावकारी मानिन्छ/ तर यसमा पनि समूह छान्दा तपाइंले उस्तै बनाउने प्रयास नगरेको, pre-test नगरेको, अरु intervening variable (जसका कारणले पनि उपलब्धिमा तलमाथि पर्न सक्छ) नियन्त्रण नगरिएका कारण कम्जोर designनै मानिन्छ/
अर्को पाठमा क्रमस: quasi-experimental design र true-experimental design का बारेमा छलफल अगि बढाइनेछ/

यस अघिका सम्पूर्ण भागका लागि यहाँ क्लिक गर्नुहोस् -

प्रतिक्रिया