Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

कम्प्युटर शिक्षाको लागि २५ लाखको अक्षयकोष स्थापना

विहीबार, २८ असोज २०७२

काठमाडौं २८ असोज / म्याग्दीको बेगस्थित महादेव माविमा कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्न एक प्रवासीले रु २५ लाखको अक्षयकोष स्थापना गरेको छ ।
बेग घर भई हाल बेलायतमा बस्दै आएका योगकुमार फगामीले दिवङ्गत पिता सबहादुर फगामीको स्मृतिमा कोष स्थापना गर्नुभएको हो । कोषको रकमबाट कम्प्युटर खरिद र जडान गरी ब्याजबाट एक शिक्षकको व्यवस्था गर्ने योजना रहेको छ ।
 
दुर्गम ग्रामीण क्षेत्रका बालबालिकालाई सहज र सुलभ रुपमा आधुनिक प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले कम्प्युटर विषयको पठनपाठन सञ्चालन गर्न कोष स्थापना गरेको फगामीले बताउनुभयो । विसं २०२५ मा स्थापना भएको महादेव माविमा हाल दुई सय जना अध्ययन गर्छन् ।
 
पूर्व गोर्खा सैनिक फगामी मोना म्याग्दीको पूर्व अध्यक्ष तथा गैरआवासीय नेपाली सङ्घ बेलायतको उपाध्यक्ष हुनुहुन्छ । उहाँले महादेव माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण हुने विद्यार्थीलाई रु एक हजारका दरले पुरस्कार पनि उपलब्ध गराउँदै आउनुभएको छ ।

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया