Edukhabar
आइतबार, ०६ असोज २०८१
विदेशमा शिक्षा

मेट्सको तेश्रो शाखा

बुधबार, २७ असोज २०७२

काठमाडौं २७ असोज / विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएको मेट्स एजुकेशन प्रा.लि.ले आफ्नो तेस्रो शाखा खोलेको छ । नयाँ बानेश्वरमा खोलेको शाखाको नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष राजेन्द्र बरालले बुधबार उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै बरालले शैक्षिक परामर्श संस्थाहरुलाई व्यवस्थित, पारदर्शी र भरपर्दो बनाउने र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रसँग समन्वय गर्न ईक्यान सकृय रहेको बताए । नयाँ बनेको संविधानले गरेको ब्यवस्था र त्यहि अनुरुप बन्ने नयाँ कानुनी व्यवस्था अनुसार यो क्षेत्रलाई ब्यवस्थित गर्न ईक्यान सँधै कृयाशिल रहेको उनले बताए । 

इक्यानका वरिष्ठ उपाध्यक्ष समेत रहेका मेट्स एजुकेशनका प्रालिका प्रबन्ध निर्देशक प्रकाश पाण्डेले शाखा खोलेर नेपाली विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न विदेश पठाउने, विदेशको शिक्षाका बारेमा जानकारी गराउने र परामर्श दिने आफ्नो कार्य विस्तार गरेको बताए । स्थापना काल देखि पुतलीसडकबाट सेवा दिदैं आएकोमा विद्यार्थीको चाप बढेपछि अर्को शाखाको आवश्यकता भएको उनको भनाई छ ।

सन् २००७ मा स्थापना भएको मेट्स एजुकेशनले आफ्नो दोश्रो शाखा चितवनमा खोलेको छ । अष्ट्रेलिया, अमेरिका र न्युजिल्याण्ड अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी संस्थाले परामर्श दिदैं आएको छ ।
सुरुवाती वर्षमा बर्षको करिब ९० जना विद्यार्थीलाई विदेशमा अध्ययनका लागि पठाउँदै आएको संस्थाले  हाल बार्षिक २ सय हाराहारीमा विद्यार्थी पठाउने गरेको जनाएको छ । अस्ट्रेलिया र न्युजल्याण्डका अलावा प्रालिले अमेरिका र बेलायतमा पनि विद्यार्थी पठाउने गरेको छ ।

प्रतिक्रिया