Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

संसारकै पुरानो विश्वविद्यालयलाई पोर्चुगलको सहयोग

बुधबार, २७ असोज २०७२

काठमाडौं २७ असोज / संसारकै पुरानो आवासीय विश्वविद्यालयका रूपमा परिचित बिहारस्थित नालान्दा विश्वविद्यालय सञ्चालनका लागि भारत र पोर्चुगलबीच सम्झौता भएको छ ।

सम्झौतामा विश्वविद्यालयको विकासका लागि पोर्चुगलले सहयोग गर्ने उल्लेख छ । लामो समयदेखि बन्द रहेको विश्वविद्यालयलाई विभिन्न देशले सहयोग गरेपछि केही समययता कक्षा सञ्चालन सुरु भएको थियो ।
विश्वविद्यालय सञ्चालनका लागि भारतलाई सहयोग गर्ने पोर्चुगल १७औँ मुलुक हो । यसअघि चीन, अस्ट्रेलिया, इन्डोनेसिया, श्रीलंकालगायतका विश्वविद्यालयललाई सहयोग गरिसकेका छन् ।

सन् २०१० मा नालन्दा विश्वविद्यालय ऐन जारी भएको थियो । गत वर्ष १५ जना विद्यार्थीबाट कक्षा सञ्चालन सुरु भइसकेको छ । प्राचीनकालमा यहाँ करिब १० हजार विद्यार्थी र दुई हजार शिक्षक रहेको बताइन्छ । विशेषगरी, बुद्धदर्शनसँग सम्बन्धित अध्ययनका लागि विश्वविद्यालय लोकप्रिय छ ।

नयाँ पत्रिकामा खबर छ । 

प्रतिक्रिया