काठमाडौं २७ असोज / विद्यालयको १८ वटा सूचाङ्कका आधारमा सोमबारबाट सुनसरीको मधुवन गाविस– २ स्थित भगवान् राम निम्न माध्यमिक विद्यालयलाई दलितमैत्री विद्यालय घोषणा गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय सुनसरी र दलित गैरसरकारी संस्था महासङ्घ पूर्वाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा सो विद्यालयलाई दलितमैत्री घोषणा गरिएको हो ।
सुनसरीका सहायक जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडा र शिक्षक महासङ्घका अध्यक्ष सत्यनारायण मेहताले संयुक्त रुपमा विद्यालयलाई दलितमैत्री विद्यालय घोषणा गर्नुभएको हो ।
गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया