Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

प्राविधिक एसएलसीको नतिजा आज हुदै

आइतबार, १३ असार २०७२

भक्तपुर १३ असार/परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीको नतिजा आज सार्वजनिक गर्ने भएको छ । 

कार्यालयले अपरान्ह चार बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । ‘सम्पूर्ण तयारी पुरा गरेका छौ,’परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले भने,‘सचिवज्यू उपत्यका बाहिर जानु भएकोले बेलुका गर्न लागेको हो ।’

प्राविधिक बिषय तर्फ ३ हजार २ सय ८८ विद्यार्थीले परीक्षा दिएका छन् । यसमा पूर्वाञ्चलमा ५ सय ४६, मध्यमाञ्चलमा ७ सय ५५, पश्चिमाञ्चलमा  ८ सय ४४, मध्यपश्चिममा ५ सय ९४ र सुदुरपश्चिममा ५ सय ४८ ले परीक्षा दिएका थिए । परीक्षा दिएका मध्ये दुई हजार ३७ जना छात्र र एक हजार २ सय ५१ छन् । 

उनीहरुको नतिजा सोचेभन्दा राम्रो रहेको द्वारेले बताए । कक्षा नौ देखि प्राविधिक बिषय अध्ययन गरेका विद्यार्थीले यस बर्ष पहिलो पटक एक हजार पूर्णाङको परीक्षा दिएका थिए । उनीहरुको नतिजा  अरुको भन्दा फरक हुन्छ । मार्कसिटमा फेल पास भन्ने हुदैन । उनीहरुले प्राप्त गरेको नम्बरको आधारमा ग्रेडिङ छुटिन्छ । जस्तो ९० देखि १०० को बीचमा अंक ल्याएमा ए प्लस हुन्छ । 

सरकारले नै ‘पाइलट प्रँेजेक्ट’ रुपमा प्राविधिक बिषयलाई यसवर्षदेखि लेटर ग्रेडिङ सुरुवात गरेको हो । अर्को वर्षदेखि साधारण तर्फका बिषयलाई प्राविधिक बिषयको जस्तै व्यवस्था गर्ने घोषणा गरिसकेको छ । 

विद्यार्थीको नतिजा डी र ई आएका विद्यार्थीले पुनः परीक्षा दिन चाहेमा सक्ने व्यवस्था रहेको द्वारेले बताए । ९०देखि १०० अंक ल्याउने ए प्लस, ८० देखि ९० अंक ल्याउनेको ए,  ६०–७९ ल्याउनेको बी, ४०–५९ ल्याउनेको सी, २५–३९ अंक ल्याउने विद्यार्थीको डी र २४ भन्दा कम अंक ल्याउनेको डी समूहमा हुन्छन् । 

 

प्रतिक्रिया