Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विद्यालय जाँदै गरेका शिक्षकको लडेर मृत्यु

सोमबार, २५ असोज २०७२

काठमाडौं २५ असोज / मुगु जिल्ला सदरमुकाम गमगढीबाट तलब बुझेर विद्यालय जाँदै गरेका एक शिक्षकको लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सोमबहादुर थापाका अनुसार मुगु जिल्ला सुकाढिक गाविस नखर्जी गाउँमा रहेको शिवदेव प्राथमिक विद्यालयका प्राचार्य तथा कोटडाँडा गाविस–६ लुई गाउँ घर भएका ५२ वर्षीय शङ्कर कार्कीको २३ गते राति बाटोमा हिँड्दै गर्दा ढुङ्गामा उछिट्टिएर भिरमा लड्दा मृत्यु भएको हो।

मृतक कार्की जिल्ला सदरमुकाम गमगढीबाट आफूले पाउने तलब बुझेर २३ गते बिहान विद्यालय हिँडेका थिए। रातिसम्म विद्यालय रहेको ठाउँसम्म नपुगेपछि सहपाठी शिक्षकले घरमा सोध्दा नपुगेको खबर पाएपछि २४ गते दिनभर उनको खोजी गरिएको थियो। उनलाई कोटडाँडा गाविसको सेरा भन्ने स्थानमा बाटो भन्दा ५० मिटर तल मृत अवस्थामा भेटाइएका थियो।

कार्कीले बैंकबाट झिकेको एक लाख ५४ हजार रुपैयाँ साथमै भेटिएकाले प्रहरीले हत्याको आशङ्का गरेको छैन। घटनास्थल जिल्ला सदरमुकामबाट ६ घन्टा पश्चिम खतयाड भेगमा पर्छ। रासस

प्रतिक्रिया