Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

विद्यालय स्रोतकेन्द्रलाइ कमजोर बनाउँदै सरकार

सोमबार, २५ असोज २०७२
Huta Mani Adhikary

यस पटकको बजेट र कार्यक्रममा अर्थमन्त्रालयले शिक्षा मन्त्रालय अन्तर्गत स्रोत केन्द्र र निरीक्षण क्षेत्र सुदृढीकरण कार्यक्रम हटाएको छ । कार्यक्रम र ब्यबस्थापनका लागि वार्षिक ५० हजार बजेट
दिइदै आएकोमा यस बर्षबाट रकम नदिइने भएको छ । अब स्रोत केन्द्र र निरीक्षण क्षेत्र बजेट र कार्यक्रम बिहीन भएको अबस्था छ । स्रोत केन्द्र लाई प्रभावकारी काम गर्न अबरोध स्रोत केन्द्र मार्फत सन्चालन हुँदै अाएका
प्रअ बैठक , बिषयगत शिक्षक बैठक, सिकाई उपलब्धि बृद्दि सम्बन्धि बैठक , गोष्ठी , कार्यशाला बालविकास स का बैठक तथा अभिमुखीकरण, अतिरिक्त क्रियाकलाप प्रतियोगिता लगायतका स्रोत केन्द्र स्तरीय कार्यक्रम सन्चालन नहुने भएको छ चुहावट हुने, काम नगरी हाम गर्ने शीर्षकमा बजेट थपिदिने तर अति अावश्यक र महत्त्वपूर्ण कार्यक्रम र शीर्षकको बजेट कटौती गर्ने अर्थका कर्मचारी अधिकारी र कार्यक्रमको अौचित्य र महत्त्व बुझ्न बुझाउन नसक्ने शिक्षा मन्त्रालयका नालायक अधिकारीहरुको बुद्धि र चेत यो अार्थिक बर्षमा फर्कन असम्भव छ रे ! जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय गोष्ठीबाट जानकारी हुन अाएको कुरा ।

प्रतिक्रिया