Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

हुनेखानेहरु बोर्डिङमा, गाउँका विद्यालयमा दलितमात्र

सोमबार, २५ असोज २०७२

काठमाडौं २५ असोज / म्याग्दीको बेनी नगरपालिका वडा नं ३ ज्यामरुककोटको खड्गभवानी प्राविमा प्रायः सबै विद्यार्थी दलित जातिका रहेका छन् । शिशुदेखि ५ कक्षासम्म ८५ विद्यार्थी रहेकामा १०० प्रतिशत नै दलित रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्माकारले बताउनुभयो ।

त्यसक्षेत्रमा ६५ घरधुरीमा ३६० जनसङ्ख्या रहेकामा हुनेखानेहरुले बागलुङ, बेनी बजार क्षेत्रका बोर्डिङमा पढ्न पठाउँछन् । “हुनेखानेहरु सहरतिर बोर्डिङमा जान्छन्, गाउँमा दलित जातिका हुन्छन् विद्यालयमा” – विद्यालयका प्रअ चर्मकार भन्नुहुन्छ ।

दलित जातिका भए पनि कक्षा छोड्ने समस्या नभएको र पढाइले जनचेतना बढ्दै गएर सरसफाइमा पनि मद्दत पुगेको प्रअ चर्मकार बताउनुहुन्छ ।

गरिबीका कारण पढ्न नसकेका विद्यार्थीलाई विभिन्न गैरसरकारी सङ्घसंस्था र सामाजिक संस्थाले पोसाक, शैक्षिक सामग्री पनि उपलब्ध गराएको छ । विद्यालयको तीनकोठे भवन जीर्ण बन्दै गएको छ ।
गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया