Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

मेडिकल कलेजहरुको चलखेल : एमबीबीएस कोटा निर्धारणमा ढिलाई

शनिबार, २३ असोज २०७२

काठमाडौं २३ असोज / चिकित्सा शिक्षा अध्यापन गर्दै आएका मेडिकल कलेजहरुको दवावका कारण प्रबेश परीक्षाको नतिजा सार्वजनिक भईसक्दा समेत मेडिकल काउन्सिलले कोटा निर्धारण गर्न सकेको छैन । चिकित्सा शिक्षाको बेथिती अन्त्य गर्न गठित केदारभक्त माथेमा संयोजकत्वको आयोगले मापदण्ड पुरा गरेका कलेजलाई अधिकतम १ सय ३५ जनासम्मको कोटा निर्धारण गर्न सिफारिस गरे पनि यसलाई बढाउन कलेज सञ्चालकहरुले चलखेल गरेको श्रोतले जनाएको छ ।

सोही चलखेलका कारण शुक्रबार बसेको काउन्सिलको बैठकले निर्णय गर्न नसकेको श्रोतको दावी छ ।  'आयोगको १ सय ३५ को कोटालाई यस अघिकै अनुसार १ सय ५० सम्म बढाउने चलखेल भएको छ' उक्त श्रोतले दावी गर्दै भन्यो, 'यसका लागि रकमको समेत चलखेल भएको छ ।'

काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले कोटा निर्धारण गर्ने अधिकार काउन्सिललाई नभई विश्वविद्यालयको भएको जनाउदैं  विश्वविद्यलायको निर्णय नआएकाले शुक्रबारको बैठकमा कुनै निर्णय नभएको बताए । 'विश्वविद्यालयबाट सिट तोकेर आएपछि यथासक्य छिटो टुङ्याउने निर्णय गरेका छौं' उनले भने, 'प्रतिबेदनले तोके भन्दा माथि जाँदैन ढुक्क हुनुस् ।'

तर, मेडिकल कलेजहरुको दवाव र चलखेल विश्वविद्यालय सम्मै पुगेकोले कोटा निर्धारणको निर्णयमा ढिलाई भएको उक्त श्रोतको दावी छ ।

त्रिबिका पूर्व उपकुलपति माथेमा संयोजकत्वमा सरकारले गठन गरेको आयोगले दिएको प्रतिवेदन कार्यन्वयन गर्ने सरकारी प्रतिवद्धता भएपनि मेडिकल कलेज सञ्चालकहरुले एमबीबीएस शुल्क ३५ लाख रुपैयाँ कायम गर्न नसक्ने स्पष्ट संकेत दिईसकेका छन् । उनीहरुले प्रबेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थी र अभिभावकलाई कलेज अनुसार ४२ देखि ५० लाख रुपैयाँ शुल्क लाग्ने जानकारी गराई सकेका छन् । यसबारेमा प्रकाशित खबरका लागि क्लिक गर्नु होस् ।

एमबीबीएस शुल्क ३५ लाख रुपैयाँ कार्यन्वयन हुनेमा आशंका

प्रतिक्रिया