Edukhabar
शुक्रबार, ०४ असोज २०८१
जिव्रो

जिशिअ र निरिक्षकको भूमिका

शुक्रबार, २२ असोज २०७२
TN Pandey
TN Pandey

सम्मानको भोको नबनौं ...
शिक्षाकर्मीहरुको जिम्मेवारी असल सामाजिक संस्कारका माध्यमबाट सामाजिक रुपान्तरण गर्नुपनि हो,
-जागिरका क्रममा सरुवा- विदाई र पदबहाली सामान्य प्रक्रिया हुन्, तर त्यस क्रममा ठूलो विजयोत्सव जस्तै रंगिनु र सजिनुको औचित्य सान्दर्भिक हुँदैन कि,
-जिल्ला शिक्षा अधिकारी वा विद्यालय निरीक्षकको प्रमुख भूमिकानै विद्यालयको अनुगमन तथा सुपरिवेक्षण गर्नु गराउनु भएपछि विदयालयमा उपस्थित हुँदा ठुलै समारोहको आयोजना गराउनु पनि सान्दर्भिक हैन कि,
-विदयार्थीहरुलाई स्वागतका नाममा लामो समय घाम, चिसो अथवा पानीमा लाइनमा राख्ने, तोकिएको समयमा कार्यक्रममा सहभागी नभैदिने, कार्यक्रममा विदयार्थीको भावानानै नसुन्ने अनि उनीहरुको भावना विपरितको पट्यारलाग्दो कार्यक्रमपनि औचित्यपूर्ण हुँदैन होला,
-विदयालयमा हुने कार्यक्रममा अनावश्यक रुपमा Badge, खादा तथा माला वितरण गर्ने कार्यक्रमलेपनि विदयालयको शैक्षिक उपलब्धि वृद्धिमा कुनै योगदान पुर्याउदैन होला,
-विदयालयबाट विदयालय निरीक्षक तथा जिल्ला शिक्षा कार्यालय र अधिकारीहरु सम्मानित हुने र प्रशंसा वा सम्मान पत्र र उपहार प्राप्त गर्ने र उपस्थिति वा बैठकका नाममा सुविधा समेत लिने कार्यपनि सुशासनको मर्म विपरित हुन्छ होला ...

प्रतिक्रिया