Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

छात्राप्रति गरेको टीप्पणी : आँसु झार्दै मन्त्रीको राजीनामा

मंगलबार, ०८ साउन २०७५

काठमाडौं - कानुन मन्त्री शेरबहादुर तामाङले आँसु झार्दै पदबाट राजीनामा दिएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले नैतिकताका आधारमा राजीनामा गरेको सार्वजनिक गरे ।  

उनले आफूलाई जन्म दिने आमा, जीवन धान्ने जीवनसाथी र जन्माएका छोरीहरु सबै महिला भएको भन्दै निकै भावुक रुपमा आफ्नो प्रेस विज्ञप्ति वाचन गरेका थिए । 

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति स्विकार गर्दै त्यसमा प्रसंग विगार्ने गरी टाउको र खुट्टा काटेर विचको भाग मात्रै पोष्ट गर्दै बढाई चढाई गरेको आरोप लगाए । 

यस अघि छात्राहरुका बारेमा गरेको टीप्पणीको सर्वत्र आलोचना भएसँगै प्रधानमन्त्री केपी ओलीले मन्त्री तामाङलाई राजिनामा गर्न निर्देशन दिएका थिए  । 

पढ्नुहोस्  : छात्राप्रति गरेको टीप्पणीले गयो मन्त्रीको पद ! 

यसमा आफ्नै पार्टिका केही ब्यक्ति समेत संलग्न भएको भन्दै उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानलाई सघाउन पद भन्दा प्रतिष्ठाको खातिर राजिनामा गरेको उल्लेख गरेका छन् । 

 

पढ्नुहोस् उक्त विज्ञप्तिको पूर्ण विवरण : 

प्रतिक्रिया