Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

मुक्त हलिया बालबालिका विद्यालयको पहुँचमा

शुक्रबार, २२ असोज २०७२

काठमाण्डौं २२ असोज / बैतडीमा नेपाल शिक्षा परियोजना लागू भएपछि मुक्त हलियाका बालबालिकाको विद्यालयमा पहुँच पुग्न थालेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहयोगमा सञ्चालनमा रहेको परियोजनाअन्तर्गत जिल्लाभरिका सबै मुक्त हलियाका बालबालिकालाई विद्यालय पठाउनका लागि पहल भइरहेको इन्सेकका जिल्ला प्रतिनिधि शेरबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो – “विभिन्न कारणले विद्यालय जान नसकेका पाँचदेखि १४ वर्षसम्मका बालबालिकालाई विद्यालय पठाउनका लागि सहजीकरण गरिएको छ, २०६८ देखि बैतडीमा सञ्चालनमा रहेको परियोजनाअन्तर्गत १०९ जना मुक्त हलियाका बालबालिकालाई विद्यालय पठाउन सकिएको छ ।” यसका साथै ९२ जनालाई व्यावसायिक तालिम दिइएको र तालिम लिएकामध्ये २७ जनाले आफ्नो रोजगारीमा लागेर आयआर्जन गरिरहेका समेत उहाँले बताउनुभयो ।

विद्यालय पठाइएका १०९ जना बालबालिकामध्ये १०८ जना अहिले पनि विद्यालयमा अध्ययनरत रहेका छन् । बालबालिकालाई चाहिने शैक्षिक सामग्री र विद्यालयको पोशाकसमेत प्रदान गरिएको छ । रा
गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया