Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

चौध करोडको लागतमा चार विद्यालय निर्माण हुँदै

शुक्रबार, २२ असोज २०७२

काठमाण्डौं २२ असोज / झापाका चारवटा सामुदायिक विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेका छन् । भारतीय राजदूतावासको सहयोगमा रु १३ कारोड ९० लाख छ हजार रु १२१ को लागतमा निर्मित भवनमध्ये एउटाको निर्माण कार्य सकिएको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इन्जिनियर सुशील श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मङ्गलमय उच्च मावि लखनपुरको भवन निर्माण सम्पन्न भएको र हस्तान्तरणको तयारीमा छ । त्यस्तै बलभद्र उच्चमावि धाइजन, स्कुल चउन उच्च मावि महारानी झोडा र अरनिको उच्च मावि महेशपुर निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

निर्माणाधीन भवन सबैको २०७३ वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया