Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

एसएलसीपछि प्लस टुमा आधा मात्र उत्तीर्ण

विहीबार, २१ असोज २०७२

एसएलसीपछि प्लस टुमा आधा मात्र उत्तीर्ण

काठमाडौं २१ असोज / एसएलसीमा उत्तीर्ण भएर उच्च माध्यमिक विद्यालयमा भर्ना भएका विद्यार्थी आधा पनि उत्तीर्ण हुँदैनन् । एसएलसीमा उत्तीर्ण प्रतिशतको जति चर्चा भए पनि त्यसभन्दा माथिल्लो तहको भने बेवास्ता हुने गरेको छ ।

एसएलसीपछि उच्च माविमा विद्यार्थीले रोजेको विषयमा भर्ना हुन पाउँछन् । तर, रोजेर पढेका विषयमा पनि उत्तीर्ण हुनेको संख्या भने कम हुने गरेको छ । विगत तीन वर्षको नतिजा हेर्दा उमाविमा साइन्स विषयमा ७० प्रतिशतको हाराहारीमा उत्तीर्ण हुने गरेकामा व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्रमा ४० प्रतिशतको हाराहारीमा मात्र उत्तीर्ण हुने गरेका छन् । एसएलसीमा कुल सहभागीमध्ये मौका परीक्षासमेतबाट गरी ५५ देखि ६० प्रतिशत उत्तीर्ण हुने गरेका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद्ले बुधबार सार्वजनिक गरेको व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रका विषयहरूमा पनि नियमिततर्फ ४० प्रतिशत मात्र उत्तीर्ण भएका छन् । नियमिततर्फ एक लाख ६१ हजार चार सय ५८ सहभागी भएकामा ६४ हजार पाँच सय ६७ अर्थात् ४० प्रतिशत उत्तीर्ण भएका छन् ।

आंशिकतर्फ एक लाख २९ हजार आठजना सहभागी भएकामा ४१ हजार नौ सय २६ जना उत्तीर्ण भएका छन् । यसअघि नै सार्वजनिक भएको साइन्स विषयमा ७१ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएका थिए । ३७ हजार नौ सय ९८ सहभागी भएकामा २७ हजार दुई सय २७ उत्तीर्ण भएका थिए ।

नयाँ पत्रिकामा खबर छ ।

 

प्रतिक्रिया