Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

नयाँ अध्यक्षको नियुक्तिसंगै शिक्षक अन्तर्वार्ताको काम प्रभावित

विहीबार, २१ असोज २०७२

भक्तपुर १६ असोज / शिक्षक सेवा आयोगमा नयाँ अध्यक्षको नियुक्तिसंगै माध्यामिक विद्यालय तहका शिक्षक नियुक्ति गर्न शुरु अन्तर्वार्ताको काममा प्रभाव परेको छ । नव नियुक्त अध्यक्ष ताना गौतमले * कार्यभार समाले पछि मात्रै बाँकी काम गर्ने कर्मचारीको तयारीका कारण काममा प्रभाव परेको हो ।

अध्यक्ष उदयराज सोतीले आफ्नो समयमा गरेको विज्ञापनको काम आफ्नै कार्यकालमा सक्ने निर्देशन दिए सँगै रात दिन खटिएका कर्मचारीलाई नयाँ अध्यक्षको नियुक्ति आराम गर्ने मौका मिलेकोले बाँकी काम अघि नबढेको कर्मचारी श्रोत बताउँछ । 'यति थोरै जनशक्तिमा यति छिटो काम गर्नु आफैंमा चुनौति थियो त्यसमाथि रात दिन काम गरेको थकाई मार्ने मौका मिलेको छ' उक्त श्रोतले भन्यो ।

तर, आयोगका कामहरु प्रकृयागत रुपमा अघि बढिरहेको प्रवक्ता सुदर्शन मरहठ्ठाले दावी गरेका छन् । आयोगले अहिले सम्म सुदुर पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र पश्चिमाञ्चलको मावि तहको अन्तर्वार्ता सकेको छ । बाँकी दुई विकास क्षेत्र मध्ये मध्यमाञ्चलमा अँग्रेजी र नेपाली तथा पूर्वाञ्चलमा नेपाली र सामाजिकका केही उम्मेद्वारको अन्तर्वार्ता छुटेकाले काम बाँकी रहेको उनले बताए ।

अन्तर्वार्ताको तोकिएको दिनमा उपस्थित हुन नसकेका उम्मेद्वारहरुले १० दिन भित्र कारण सहित निवेदन दिएमा फेरी अन्तर्वार्ता गर्नु पर्ने ब्यवस्था अनुसार पर्खेको उनको भनाई छ ।

अध्यक्ष सोतीको कार्यअवधि सकिएसँगै मन्त्रीपरिषद्को बिहीबारको बैठकले गौतमलाई नियुक्त गरेको थियो । सोतीको विदाई शुक्रबारनै गरिएपनि नव नियुक्त अध्यक्ष शर्माले कहिले कार्यभार समाल्ने हुन् यकिन भएको छैन ।
उनले कार्यभार नसम्हालुञ्जेल बाँकी काममा अलमल हुने देखिएको छ ।

आयोगले असोज ८ गतेबाट माविको अन्तर्वार्ता शुरु गरेको थियो । निमाविको भने आउँदो कात्तिक २० गतेबाट शुरु गर्ने आयोगले यसअघिनै कार्यतालिका सार्वजनिक गरी सकेको छ ।

* सच्याईएको - सं.

प्रतिक्रिया