Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

सहकारी र साझाको झगडा : साधारण सभा रोकियो

विहीबार, २१ असोज २०७२

काठमाडौं १५ असोज / राष्ट्रिय सहकारी विकास बोर्डको विरोधका कारण साझा प्रकाशनको तेईसौं साधारण सभा एक दिन अघि स्थगित भएको छ । साझाका महाप्रवन्धक सहित बोर्ड सदस्यहरुको नियुक्ति नै अवैधानिक भन्दै बोर्डले पुनरावेदन अदालत पाटनमा हालेको मुद्धामा अन्तरिम आदेश जारी भएपछि असोज १६ गते शनिबारका लागि तय भएको सभा स्थगित भएको हो ।

न्यायाधिस लोकबन्धु पौडेलको ईजलासले उक्त मुद्धाको  पेशी असोज २० गतेका लागि तोकेको छ । आँफूद्धारा प्रवर्धन गरिएको संस्थाको साधारण सभाका बारेमा आफैंलाई थाह नभएको र मनलाग्दि नियुक्ति र काम भएको थाह पाएपछि मुद्धा हालेको बोर्डका सह अध्यक्ष सरोज कुमार शर्माले बताए ।

सभाका बारेमा हिजो मात्रै औपचारिक पत्र पायौं, अन्तिम समयमा जानकारी दिनुले नियत ठिक देखिएन शर्माले भने, यस अघिकी अध्यक्ष ममता झालाई अख्तियारले कारवाहि गरेपछि उनलाई निलम्बन गर्ने देखि राजिनामा सम्ममा बोर्डले नै नियमन गरेको हो, तर नयाँ नियुक्ति के आधारमा भयो भन्ने समेत हामीलाई थाह छैन त्यसैले हामीले मुद्धा हालेका हौं ।

तर साझाका प्रवन्धक डोलिन्द्र प्रसाद शर्माले यो घटनालाई साझा डुबाउन लागि परेकाहरुको सकृयता बढेको रुपमा हेर्नु पर्ने बताए ।

कर्मचारीले तलब समेत खान नपाउने अवस्थामा रहेको संस्थाले कामको गति लिएर अघि बढिरहेको अवस्थामा रोक लगाउन खोजिएको हो, शर्माले भने, डुबाईएको संस्था उठ्ने भो छटपटाएका ब्यक्तिहरु फेरी सकृय भए ।
वि.सं. २०६९ साल जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले साझालाई शिक्षा मन्त्रालय अन्र्तगत राख्ने निर्णय गरेको थियो ।

अदालतको आदेश पछि बसेको साझाका उपलब्ध बोर्ड सदस्यहरुको अनौपचारिक बैठकले यो घटनाले स्थायित्वको दिशामा लागेको साझालाई फेरी बाधा पुर्याएको ठहर गरेको छ ।

प्रतिक्रिया