Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शुन्य नतिजा ल्याउने निजी स्कुललाई स्पष्टिकरण

मंगलबार, १५ असार २०७२

Image result for एसएलसी पूरक परीक्षाभक्तपुर १५ असार / एसएलसी परीक्षामा एक जना पनि पास गर्न नसक्ने भक्तपुरका ३ वटा निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले स्पष्टिकरण सोधेको छ । 

स्पष्टिकरण सोधिएका विद्यालयहरुमा सिद्धिकाली मावि ठिमी, शहीद स्मृति मावि भक्तपुर र प्रभात मावि ब्यासी रहेका छन् । उनीहरुलाई सुधारका लागि पटक पटक निर्देशन दिदाँ पनि सुधार नभएको भन्दै स्पष्टिकरण सोधेको जिशिअ रमाकान्त शर्माले बताए । उनीहरुलाई स्पष्टिकरण दिन सात दिनको म्याद दिईएको छ । चित्त बुझ्दो स्पष्टिकरण नआए विद्यालयलाई दिईएको अनुमति वा स्विकृति रद्ध गर्ने शर्माले बताए । 

ती विद्यालयहरु मध्ये प्रभात माविले एसएलसीमा ३ विद्यार्थी सहभागि गराएको थियो । विद्यालयले गत बर्ष पनि शुन्य नतिजा ल्याएको, एउटै भवनमा २ विद्यालय सञ्चालन भएको, शिक्षा ऐनमा तोकिएको संख्यामा विद्यार्थी नभएको लगायतका तथ्यहरु उल्लेख गर्दै कार्यालयले स्पष्टिकरण सोधेको छ । विद्यालय निरीक्षक मोहन कुमार पौडेललाई अनुगमन गरी राय पेश गर्न पनि कार्यालयले निर्देशन दिएको छ । 

यस्तै शहीद स्मृति माविले यस बर्ष २ जना विद्यार्थी एसएलसीमा सहभागि गराएको थियो । विद्यालय सञ्चालन भएको ठाउँनै यकीन नभएको, कहिले एकै भवनमा २ विद्यालय सञ्चालन गरेको, नियम विपरित सामुदायिक विद्यालयमा सञ्चालन गरेको लगायतका तथ्यहरु उल्लेख गर्दै स्पष्टिकरण सोधेको छ । विद्यालय निरीक्षक उषा शर्मालाई आवश्यक अनुगमन गरी राय पेश गर्न पनि कार्यालयले निर्देशन दिएको छ । 

यसैगरी सिद्धिकाली माविले गत बर्ष पनि शुन्य नतिजा ल्याएको, नियम विपरित सामुदायिक विद्यालयमा विद्यालय सञ्चालन गरेको लगायतका तथ्यहरु उल्लेख गर्दै स्पष्टिकरण सोधेको छ । विद्यालय निरीक्षक विष्णु प्रसाद दहाललाई आवश्यक अनुगमन गरी राय पेश गर्न पनि कार्यालयले निर्देशन दिएको छ । 

जिल्लामा नतिजा राम्रो भए पनि ४ सस्थागत विद्यालयहरुले सून्य नतिजा ल्याएका  थिए । ती मध्ये यलाक्षको शिक्षा निकेतन गत वर्ष खारेज गरिएको थियो ।  । एस एल सि परीक्षाका लागि फर्म भरी सकेकोले उक्त विद्यालयको नाम रेकर्डमा देखिएको हो । आफूलाई निजी विद्यालय भन्ने तर जिल्लाको समग्र नतिजा राम्रो हुँदा हुँदै पनि ती विद्यालयहरुका कारण नतिजा खस्कनाले स्पष्टिकरण सोधेको शर्माले बताए । 

प्रतिक्रिया