Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

भूकम्पमा आमा बाबु गुमेका विद्यार्थीलाई आवास सहित छात्रबृति

विहीबार, २१ असोज २०७२

भक्तपुर १५ असोज / उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्पमा आमा बाबु गुमेका विद्यार्थीलाई आवास सहितको छात्रबृति दिने तयारी गरेको छ । परिषद्का अनुसार ५ हजार ३ सय ३० जनाले छात्रबृतिको लागि आवेदन दिएका छन् । भूकम्प पीडित विद्यार्थीलाई एक साताभित्र छात्रबृति घोषणा गर्ने भएको छ ।

परिषद्को १८२ औ बैठकले भूकम्पबाट अभिभावक, आमा, बाबु र घर गुमाएका तथा घाइते भएका विद्यार्थीका लागि कक्षा ११ र १२ निःशुल्क अध्ययन गराउने निर्णय गरेको थियो । यो निर्णय भएको चार महिनापछि छात्रबृति घोषणा गर्न लागेको हो । एसएलसी सकाएर ११ कक्षा भर्ना भएका र १२ कक्षामा पढ्दै गरेका  विद्यार्थीहरु परिषद्को छात्रबृतिको पखाईमा छन् ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुंगाका विद्यार्थीलाई छात्रबृति प्रदान गर्न लागेको हो । छात्रबृतिका लागि फारम बुझाउने गत असार २५ गते सम्म तोकिएको थियो । विद्यार्थीको चाप बढेपछि असार मसान्तसम्म समय थप गरेको थियो ।

आमा र बाबु दुबै गुमाएका, आमा वा बाबु मध्ये एक जना र पति गुमाएकोलाई एउटा समूहमा राखेर छात्रबृति प्रदान गर्न लागेको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए ।

बुबा आमा गुमेकालाई आवासीय सहितको छात्रबृति प्रदान गर्न लागेको उनले बताए । आमा वा बाबु मध्ये एक जना र श्रीमान गुमाएका श्रीमतीलाई निःशुल्क पढ्न पुग्ने खर्च प्रदान गर्न लागेको उनले बताए । भूकम्पमा परेर घाइते भएका अभिभावकका छोराछोरीलाई पनि निःशुल्क पढन पुग्ने रकम प्रदान गर्ने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया