Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

गोली हानी १० विद्यार्थीको हत्या, घटनाको निन्दा

विहीबार, २१ असोज २०७२

काठमाडौं १५ असोज / अमेरिकाको ओरेगोन राज्यको उम्पक्वा सामुदायिक कलेजमा गोली हानी १० जना विद्यार्थीको हत्या गरिएको छ । ७ जना घाइते भएका छ
क्रिस् हारपर मर्सर नामक बन्दुकधारीले कक्षामा अन्धाधुन्ध गोली प्रहार गर्दा सो घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । बन्दुकधारी कक्षा कोठामा प्रवेशगरी विद्यार्थीहरुलाई उनिहरुको धर्म सोध्दै गोली हानेको एक जना प्रत्यक्षदर्शीले बताइन् ।

गोली हान्ने ब्यक्ति मृत फेला परेको छ । सुरक्षा कारवाहीमा मारिएको हो या आत्महत्या गरेको हो भन्ने पुष्टि भएको छैन ।
अमेरिकी राष्ट्रपति बाराक ओबामले सो घटनाको निन्दा गरेका छन् । उनले आम मानिस माथि हुने गरेको गोली प्रहारकोे घटनामा अमेरिका मौन बस्नाले त्यस्ता अपराधीलाई प्रोत्साहान मिलेको बताए । विश्वमा हामी मात्र तेस्तो देश हौं जहाँ आम मानिसमाथि अन्धाधुन्ध गोली चलाएको घटना प्राय महिनैपिछै देख्न पाउँछौं उनले भनेका छन् ।

बन्दुक जस्ता हतियार सर्वसाधारणको पहुँचमा रहेकोले अमेरिकामा यस्तो घटना दोहोरिरहन्छन् । सन् २०१२ मा भएको आन्धधुन्ध गोली प्रहारबाट २० जना स्कुले बालबालिका सहित २६ जनाको हत्या गरिएको थियो । विश्वलाई नै स्तव्ध बनाएको उक्त घटनापछि, राष्ट्रपति ओवामा र उपराष्ट्रपति जोइ विडेनले बन्दुक बोक्नमा कडाइ गर्ने नीति बनाउन खोजे पनि सफल हुन सकेनन् ।

यो घटनासँगै सन् २०१५ भित्र मात्रै अमेरिकीका शिक्षण संस्थाहरुमा ४५ वटा गोलीकाण्डका घटना भइसकेका छन् । त्यस्तै सन् २०१२ पछि अमेरिकामा १ सय ४२ वटा विद्यालय र कलेजमा गोली प्रहारका घटना भएका छन् ।

प्रतिक्रिया