Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

एसईई परीक्षामा लापरवाही : छानविन समिति गठन

सोमबार, ११ असार २०७५

काठमाडौं - अघिल्लो दिन सार्वजनिक एसईईको नतिजामा भोलीपल्ट एकाएक भएको परिवर्तनको छानबिन गर्न शिक्षा मन्त्रालयले एक समिति बनाएको छ ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित मन्त्रालयका सचिव सहसचिवहरु सम्मिलित बैठकले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख* डा. तुलसी थपलियाको संयोजकत्वको ३ सदस्यीय समिति बनाउने निर्णय गरेको हो । समितिमा मन्त्रालयको कानून शाखाका उपसचिव शम्भु रेग्मी र मन्त्रालयका उपसचिव दिनेश खनाल सदस्य छन् ।

उक्त समितिलाई ५ दिन भित्र प्रतिवेदन दिने गरी समय तोकिएको मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले  जानकारी  दिए ।

समितिलाई अहिले भएको घटनाको विस्तृत विवरण र आगामी दिनमा गर्नु पर्ने सुधारका बारेमा सुझाव दिन भनिएको छ ।

नतिजा जस्तो समबेदनशील कुरामा परीक्षा नियन्त्रण कार्यालयले खेलवाड गरेको भन्दै तिव्र आलोचना भईरहेको छ । कार्यालयले यसलाई सामान्य प्राविधिक 'ईरर' भन्दै आएको छ ।

* सच्याईएको सं.

सम्बन्धित खबर पनि पढ्नुहोस् : एसईई नतिजामा चरम लापरवाही, एउटै विद्यार्थीको जिपीए फरक फरक

एसईई नतिजामा लापरवाही : मन्त्री भन्छन् 'छलफल' गर्छु !

प्रतिक्रिया