काठमाडौं - शनिबार सार्वजनिक एसईई परीक्षाको नतिजामा भएको लापरवाहीका विषयमा 'छलफल' गर्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
अघिल्लो दिन सार्वजनिक नतिजामा ईरर भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले आईतबार आफ्नो वेभ साईटमा नयाँ डाटा अपलोड गरेको थियो । एउटै विद्यार्थीको फरक फरक जीपीए सार्वजनिक भएपछि कार्यालयको लापरवाही पुष्टि भएको थियो ।
उक्त विषयमा सोमबार मन्त्रालयमा 'छलफल' गरेर निष्कर्षमा पुग्ने मन्त्री पोखरेलले बताए ।
'म काठमाडौं बाहिर थिएँ भर्खर आईपुगे., समाचारहरुबाट नतिजामा समस्या भएको कुरा सुनेको छु' उनले भने 'अब मन्त्रालयमा पुगेर छलफल गरेपछि मात्रै के भएको हो भन्न सकिएला ।'
नतिजा जस्तो सम्वेदनशील कुरामा कार्यालयबाट भएको लापरवाही पछि आलोचना बढ्दो छ । उक्त घटनाले विद्यार्थीमा मानसिक दवाव र अभिभावकलाई अन्यौल बनाएको छ ।
तर परीक्षाफलमा सामान्य ईरर भएको र त्यसलाई सच्याईसकिएको भन्दै नियन्त्रक अम्बिका प्रसाद रेग्मीले घटनालाई सामान्य भएको दावी गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस् : एसईई नतिजामा चरम लापरवाही, एउटै विद्यार्थीको जिपीए फरक फरक
प्रतिक्रिया