Edukhabar
शनिबार, ०५ असोज २०८१
विदेशमा शिक्षा

परामर्श दिने राम्रा संस्था डराउन नपर्ने र खराबले छाडेर गए हुने

आइतबार, १३ भदौ २०७२

काठमाडौं १३ भदौ / बरिष्ठ प्रहरी उपरिक्षक सर्बेन्द्र खनालले शैक्षिक परामर्श जस्तो मर्यादित ब्यवसाय अस्त व्यस्त हुदै गएकोमा चिन्ता ब्यक्त गर्दै यसलाई ब्यवस्थित गर्न कुनै कसर बाँकि नराख्ने बताएका छन् ।

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका संस्थाहरु माथि छापा मारेर कारवाहि शुरु गरेका खनालले नेपाल शैक्षिक परामर्श संघ ईक्यानको १९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । उनले परामर्श दिदैं आएका राम्रा संस्थाले डराउन नपर्ने र खराबले यो पेशा छोडेर गए हुने बताए ।

शैक्षिक परामर्श दिदैं आएका संस्थाहरु माथि छापा मारे पछिका खबर पढ्नुहोस्

दर्ता विना सञ्चालित शैक्षिक परामर्श संस्थालाई कारवाही गर्न मन्त्रालयद्धारा पत्राचार

कन्सल्टेन्सीको ठगीमा परेका विद्यार्थीलाई सम्पर्कमा आउन प्रहरीको आव्हान

ईक्यानको १९ औं स्थापना दिवसका अवसरमा संघको केन्द्रिय कार्यालय डिल्लीवजारबाट शुरु भएको प्रभातफेरिले नगर परिक्रमा गरि कालिकास्थान स्थित साँस्कृतिक केन्द्रको सभाहलमा औपचारिक कार्यक्तम गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी उद्योग मंन्त्री महेश बस्नेतले परामर्श क्षेत्र विस्तारै ब्यवस्थित हुदै गईरहेको बताउँदै कम्पनि रजिष्ट्रारको कार्यलयमा मात्र दर्ता गरेर सञ्चालन भई रहेको ब्यवसायले अब शिक्षा मन्त्रालय मार्फत नियमन हुनु सकारात्मक भएको बताए ।

संस्थाका अध्यक्ष राजेन्द्र बरालले प्रहरीको अपरेसनबाट असल काम गर्ने ब्यवसाय प्रताडित हुन नपरोस भन्दै समग्र ब्यवसायीलाई नै ठग जस्तो देखाउन खोजेकोमा दुःख  लागेको बताए । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले ईक्यान बस्तुगत संघ भित्रको सबैभन्दा सशक्त र क्रियाशील सदस्य भएको उल्लेख गर्दै प्रहरीको रेडले यो ब्यावसायलाई शुन्य बनाउन खोजेको हो कि ? भन्दै चिन्ता ब्यक्त गरे । कार्यक्रममा एभेन्युज टि. भि.का अध्यक्ष भाष्कर राज राजकर्णिकार, नेपाल च्यामबर अफ कमर्शका सचिब सन्तोष पाण्डे तथा नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय, हिसानका उपाध्यक्ष रमेश सिलवाल लगायतले ईक्यानको स्थापनाको १९ बर्ष पुरा गरेकोमा शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो । समसामयिक शैक्षिक बहस कार्यक्रम सञ्चालन गर्नका लागि एभेन्युज टि. भि.का अध्यक्ष भाष्कर राज राजकर्णिकार र ईक्यानका अध्यक्ष राजेन्द्र बरालले सम्झौतामा हस्ताक्षर गरे ।

प्रतिक्रिया