Edukhabar
शनिबार, ०८ मंसिर २०८१
बहस

शिक्षक स्थायी कि अस्थायी

सोमबार, ०४ फागुन २०७१

काठमाडौं ४ फागुन / शिक्षकलाई अस्थायी बनाउनुपर्ने शिक्षा सचिव विश्वप्रकास पण्डितको धारणाका बारेमा सामाजिक सञ्जालमा ब्यापक बहस भईरहेको छ । ‘नो वर्क, नो पे’ को अवधारणा अनुसार अघि बढ्नु पर्ने पण्डितको विचार एडुखबरले प्रकाशित गरेको थियो ।

शिक्षकलाई अस्थायी बनाए मात्रै सुधार हुन्छ : शिक्षा सचिव पण्डित

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ अभियानको २७ औं श्रृखला अन्र्तगत नवलपरासी गैँडाकोटको कालिका उच्च माध्यामिक विद्यालयमा आईतबार भएको कार्यक्रममा उनले यस्तो बताएका थिए । उक्त विषयको पक्ष र विपक्षमा सामाजिक सञ्जाल मार्फत धारणाहरु आउने क्रम जारी छ । हामीले केही विचारलाई जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं :-

Dishan Karki लेख्छन् - सवाल अस्थायी र स्थायीको होईन कि सवाल नियतको हो ।

Hari Dahalलेख्छन् - खै त शिक्षकलाई निजामतीको जस्तो सुविधा अनी खै त अनुगमन ? कति सजिलो ले भन्नु हुन्छ सचिव ज्यू आफैं सोच्नुहोस् त यदि हजुर शिक्षक हुनु भएको भए ? बरु सुधार गर्नु होस् न शिक्षा नीति । दरबन्दि सबै बजार तिर, एक जना शिक्षकले पाँच सम्म पढाउनु पर्छ । अनी कहिले सुध्रिन्छ शैक्षिक गुणस्तर ?

Badri Baskota  लेख्छन् - सचिव ज्यूको यो बोलीले गुणस्तरमा ठूलो धक्का पुग्न सक्छ । शिक्षकहरुमा नेगेटिभ प्रभाव पर्छ, सोचेर बोले हुने हो ।

Padam Raj Joshi लेख्छन् - मुख्य सचिव देखि परिचर सम्म अस्थाई बनाए अझै राम्रो, नेपालको शिक्षा नीति निर्माताहरु फेल हुने दोष चाँही शिक्षकलाई ?

Bal Bdr Shahi लेख्छन् - सभासद् र मन्त्रालयका सबै कर्मचारीलाई आजिवन स्थायी गराईदिए संसारै झकास् ।

Baburam Bhattarai  चाँही यस्तो लेख्छन् – मन्त्री देखि सचिव सम्म सबैलाई ज्यालादारीमा राख्नु पर्छ । सबै भन्दा पहिले । कार्य सम्पादन नगर्ने मन्त्री र सचिवले राजिनामा दिनु पर्छ नैतिकताले । शिक्षा ऐन संशोधनको प्रकृयामा नलगेर शिक्षकलाई स्थायी हुनबाट बञ्चित गराउने को ? विद्यालयमा प्रकृयागत रुपमा सक्षम प्रअको ब्यवस्था कसले नगरेको ? छ महिना सम्म शिक्षकले तलव नपाउँदा उनीहरुको मानसिकता कस्तो हुन्छ ? छ महिनासम्म डेराभाडा नतिरी कुन घरबेटिले बस्न दिन्छ ? शिक्षकका छोराछोरीलाई कपी कलम चाँहिदैंन ? सचिव महोदय शिक्षा दिन सजिलो छ, लिन चाँही गाह्रो छ है ।

Arjun Ghimireलेख्छन् - हाम्रा सरकारी विद्यालयको कक्षामा शिक्षा मन्त्रालयका हाकिमहरुका बच्चा राखौं न सतप्रतिशत म ग्यारेण्टि लिन्छु ।

Lal Prasad Pokharelप्रश्न गर्छन् – शिक्षक सेवा आयोगनै किन चाहियो र ?

HS Airee लेख्छन् - महानिर्देशक ज्यू पनि यस्तै भै दिए समयमा तलब खान पाहिन्थ्यो की । 

Dhakal Badriलेख्छन् एकदम अन्याय पूर्ण भाषण आयो स्थायी कर्मचारीबाट । कि तलब तीन गुणा बढाउनु पर्यो र अहिलेको भन्दा बढि काम कारवाहि गर्नु पर्यो । काम गर्न गराउन नसक्ने कर्मचारी लाईनै अस्थायी र बर्खास्ति गर्नु पर्ने देख्छु म त ।

शिक्षा सचिवको धारणा प्रति Suresh PoudelHoman Gautam बिच निकै जोडदार बहस भएको छ । उनीहरु मध्ये पौडेल प्रतिस्पर्धाका आधारमा शिक्षक छनौट गर्ने, बैंकको प्रमुख कार्यकारीबाट भए जस्तै गरी शिक्षक छनौटको अधिकार प्रअलाई दिने हो भने लाईसेन्स प्राप्त शिक्षकहरु मध्ये बाट अझै धेरै प्रतिस्पर्धा हुने र शिक्षकहरु सृजनशिल हुने तर्क गर्छन् । तर गौतम प्रश्न गर्छन् के शिक्षक अस्थायी भएमामात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् ? गुणस्तरीय शिक्षा भनेको एउटा प्रकृया हो जहाँ अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध हुन्छ ।

Ram Poudel Jhapali  लेख्छन् - सबै कर्मचारीलाई अस्थायी र करार सेवामा नियुक्ति गर्ने ब्यवस्था गर्यो भने मात्र सबै कुरा मिल्छ ।

Chhabi Anityaचाँही ब्यङ्यात्मक शैलीमा लेख्छन् हुन्छ । अझ सबैलाई ज्यालादारीमा राख्नु नी !

Pokhrel Lm लेख्छन् तपाईं पनि ज्यालादारीमा आउनुहोस् । 

Krishna Dhungana नो वर्क नो पे को अवधारणालाई समर्थन गर्छन् ।

Vikas Gautam  लेख्छन् सरकारी कर्मचारी स्थायी शिक्षक जति अस्थाई । यो त हदै दर्जाको नोकरशाही अभिब्यक्ति भएन र ?

Badri Acharya  प्रश्न गर्दै लेख्छन् हैन यी शिक्षा मन्त्रालयका कर्मचारीले चाँही कति राम्रो काम गरेका रहेछन् हँ ? एक बर्ष विद्यालयमा बसेर सुधार गरेर देखाउ । भाषण गर्न जसलाई पनि आउँछ ।

Dishan Karki  चाँही शिक्षा क्षेत्र सुधारका लागि अर्कै उपाय सुझाउँदै लेख्छन् शिक्षकका टाउके मात्र अस्थायी भए शिक्षा क्षेत्र सुधार होला की त । नियत सफा भए सब ठिक हुन्छ ।

Tika Subedi   यो बहसलाई छुट्टै पारामा ब्याख्या गर्छन् । उनी लेख्छन् यसैलाई भनिन्छ द्धन्द्ध । जबसम्म काम लगाउने र काम गर्ने विचमा सुमधुर सम्बन्ध कायम हुन्न तब सम्म जुनसुकै काम पनि बालुवामा पानी हाले सरह हुन्छ ।

Shiva Sasmit  पनि यो बहसका बारेमा भिन्नै दृष्टकोण राख्छन् । विद्यार्थीले कसरी सिक्न सक्ला ? भन्ने बारेमा शिक्षकलाई जति चिन्ता लाग्छ, त्यति चिन्ता निजामती कर्मचारीलाई नागरिकले कसरी सहज रुपमा सेवा लिन सक्लान् भन्ने बारेमा लाग्ने भए देश कहाँ पुगिसक्थ्यो ।

आफ्नो आङ्को भैंसी नदेख्नेहरु शिक्षकको खेदो खन्न पाउँदा आफैंलाइृ महान सम्झन्छन् । शिक्षकहरुको मनोबल बढाउँदै उनीहरुमा सक्षमताको विकास गर्ने भन्दा मनोबल गिराएर शिक्षा क्षेत्रलाई सँधै अस्थिर बनाउँदा कसको स्वार्थ पूर्ति हुने हो ? 

Shyam Goswami  पे र वर्कलाई  संगसंगै लानु नै एक मात्र विकल्प हुनेछ जस्तो लाग्छ मलाई त सरहरु ...कि कसो ...??

Dhawa Sang Lama अरुको मात्र दोष देख्ने कहिल्यै आफुतिर फकेर नहेर्ने मानसिकताले ग्रस्त हाम्रो समाजको बास्तबिकताको प्रतिबिम्ब हो यो । जय होस !!!

Gyankunj Shrestha  लेख्छन् सबै शिक्षकलाई एकैठाउामा मुछ्न हुँदैन कोही अस्थायी पनि पढाउँदैनन्, योग्य छैनन्, कोही सवयंसेवक पनि राम्रारी पढाउँछन् । स्थायी हुँदैंमा पेशाप्रति ईमान्दार शिक्षक पनि छन् ।

Dhamala Sanuबिकसित मुलुकलाई हेरेर मात्र हुन्छ ? हामी जस्ता गरीबले ?

Anirudra Gautam  सत प्रतिशत । तितो सत्य हो । तर भन्नु भएन ब्यथा सारो भने जस्तो ।

Lokendra Ghatal  स्थायीभन्दा अस्थायी बढी अर्थात सोह्रथरी शिक्षक नेपालमा भएको कुरा बिर्सेछन कि क्याहो शिक्षा सचिव ज्यू ले । कुरा प्रभावकारी अनुगमन, राजनीतिक स्थायीत्व, आर्थिक समृद्धि, समानुपातिक विकास, पेशाप्रति प्रतिबद्धता, शिक्षकको सोच र व्यवहारमा परिवर्तनको हो ।

Shree Prasad Khanal  ए मुर्ख प्रसासकहरु ! शिक्षकहरुलाई बअअगलतबदभि बनाए शिक्षा गुणस्तरीय आफै हुन्छ।शिक्षकलाई भॉडोहोईन डाडुपुन्यू देउ अनि तिमिहरु कस्तो पकाउछन चाख ।स्वादका आधारमा सुविधा बढाउ।राजधानिमा बसेर तिम्ले लादेको विधि नियम पाठ्यक्रमले किमाथाङ्कालाई तिमिहरु जति कुर्लिएपनि केही लछारपाटो लाउदैन।

Lekha Nath Adhikari सचिवज्यूको तर्क मलाई ठीक लाग्यो

सूर्य नाथ कोइराला  हायर र फायरको प्राबधान जरुरी होला । सेवा निबृत्त पछिको सेवा सुविधाको ब्यवस्था निश्चित गरिदिन सके स्थायी अस्थायीले के फरक पर्ला र ?

प्रतिक्रिया