Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विवादमा प्राविधिक शिक्षा : टंकनाथ शर्मा समितिको सुझाव सहित

सोमबार, २१ असार २०७२

काठमाडौं २१ असार / प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थीको नतिजा आएको एक साता भन्दा बढी भइसक्यो । तर, शिक्षा मन्त्रालयले उनीहरु कहाँ पढ्ने भन्ने कुनै व्यवस्था गर्न सकेको छैन । यि विद्यार्थीहरु साधारण भन्दा फरक बिषय पढेर एसएलसी सकाएका हुन् । उनीहरुले प्राविधिक ज्ञान लिएका छन् । अरुको भन्दा धेरै बिषय पढेका छन् । भन्नुको मतलत साधारण तर्फका विद्यार्थीले आठ सय पूर्णाङकको परीक्षा दिएका हुन् भने उनीहरुले एक हजार पूर्णाकको परीक्षा उतिर्ण गरेका हुन् । साधारण बिषय अध्ययन गर्नेको मार्कसिटमा कुन भिडिजन भन्ने छुट्टिएको छ भने उनीहरुको मार्कसिटमा कुन समूह (ए प्लस, ए, बी ...) उल्लेख छ । 

प्रा.डा.टंकनाथ शर्माको संयोजकत्वमा बनेको समितिले उच्च माध्यमिक शिक्षा परिषद् अन्तर्गतकै प्लस टुमा यि विद्यार्थीलाई पढाउन सुझाव दिएको छ । यो रिपोर्ट बुझाएको पनि दुई साता पुग्न लाग्यो । तर, मन्त्रालयले निर्णय गरेको छैन । समितिले दिएको रिपोर्ट अनुसार यि विद्यार्थीलाई कक्षा ११ र १२ मा नियमित पढाउने व्यवस्था गर्नु पर्ने सुझाव दिएको छ । 

यो रिपोर्ट बुझाएसंगै सीटीइभीटीका पदाधिकारी र समितिका पदाधिकारी बीच द्वन्द्व नै सुरु भएको छ । संयोजक शर्माले रिपोर्ट बुझाएकै दिन सीटीइभीटीका पदाधिकारीले गालीगलौच गरेको भन्दै शर्माले फेसबुस स्टास समेत लेखेका थिए । ‘सीटीइभीटीको खर्चमा पढाएको व्यक्तिले उसकै बर्खिलापमा रिपोर्ट दिएपछि कसलाई सह्य हुन्छ र ?’,सीटीइभीटीका एक निर्देशकले भने । 

मन्त्रालयले यही रिपोर्टको आधारमा निर्णय गर्ने तयारी गरेपछि सीटीइभीटीले पत्रकार सम्मेलन गरेर अदालतमा मुद्धा हाल्ने सम्मको चेतावनी दिएको छ । सीटीइभीटीका सदस्य सचिव डा. रामहरी लामिछानेले आर्थिक चलखेलकै आधारमा मन्त्रालयका केही सहसचिवले सीटीइभीटी डुबाउन खोजको आरोप समेत लगाए । कक्षा ९ र १० मा प्राविधिक बिषय पढेका विद्यार्थीलाई कक्षा ११ र १२ मा उच्च माध्यमिक विद्यालय परिषद्मा पढाउने व्यवस्था गर्न दुई जना सहसचिव लागि परेको सीटीइभीटीको आरोप छ । 

मन्त्रालयका सहसचिवमै फाटो 

माध्यमिक तहसम्म प्राविधिक धारबाट अध्ययन गरेका विद्यार्थीलाई सीटीइभीटी पठाउने कि उच्च माध्यमिक भन्नेमा शिक्षा मन्त्रालयका सहसचिवहरु दुई धारमा बिभाजित थिए । एक थरीले सीटीइभीटी भन्थे त अर्को थरीले उच्च माध्यमिक शिक्षा परिषद् । विवादकै बीच शिक्षा सचिव स्तरीय बैठकले सीटीइभीटीबाट पढाउने निर्णय गर्यो । यो निर्णय संगै थप अध्ययन गर्न सुझाव समिति बनाउने निर्णय पनि गरयो । सीटीइभीटीमा पढाउने भन्ने निर्णय कार्यान्वयन नगरी अध्ययन समितिको प्रतिवेदन कुरे । समितिले दिएको प्रतिवेदनको आधारमा प्रक्रिया अघि बढाउने निक्र्यौल गर्यो । संसदको शिक्षा उपसमितिले पनि समितिको  सुझावको आधारमा काम अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

शिक्षा मन्त्रालयका योजना महाशाखा प्रमुख सहसचिव डा. लवदेव अवस्थी, विभागका महानिर्देशक डा. डिल्ली रिमाल, निर्देशक खगेन्द्र नेपाल, पाठ्यक्रमका कार्यकारी प्रमुख दिवाकर ढुङगेल, इभेन्ट प्रमुख टेकनारायण पाण्डे लगायतका सहसचिव उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ सम्म प्राविधिक धार सुरु गरेर यि विद्यार्थीलाई पढाउनु पर्ने पक्षमा थिए । शिक्षा सचिव विश्वप्रकाश पण्डित, सहसचिवहरु डा. हरिप्रसाद लम्साल, सूर्यप्रसाद गौतम, खगराज बराल लगायत चाहि सीटीइभीटीको तीन बर्षे डिप्लोमा कोर्ष अध्ययन गराउन पठाउनु पर्ने पक्षधर थिए । 

सीटीइभीटीका सदस्य सचिव डा. लामिछानले आरोपित यि सहसचिव को हुन त ? खासमा उच्च माध्यमिक शिक्षा परिषद् तर्फ पठाउनु पर्छ भन्ने तर्फका धेरै सहसचिव भएपनि लामिछानेको आरोपित सहसचिवमा अवस्थी र रिमाल हुन् । उनीहरुकै दबाबमा यो सब खेल भएको सीटीइभीटी पक्षधरको बुझाई छ । सामान्य बिषयमा पनि मन्त्रालयका एक दर्जन सहसचिवमा फाटो ल्याइदिएको छ । यो बिबादमा के देखिन्छ भने विद्यालय अनुगमनमा गएका सहसचिवले उच्च माध्यमिक तर्फ पठाउनु नहुने तर्क गर्छन् । किन भने विद्यालयमा पूर्वाधार कमजोर छ । यसलाई सुधार गर्नकै लागि सीटीइभीटीमा पठाउनु पर्ने उनीहरुको तर्क छ । 

सीटीइभीटीको विरोध किन ? 

सीटीइभीटीलाई के भ्रम छ भने प्राविधिक बिषय पढाउने चाँहि आफनो संस्था मात्रै हो । अरुले चलाए आफ्नो संस्था धरापमा पर्छ भन्ने बुझाईले काम गरेको छ । सम्बन्धन कमाउ मेलो हो भन्ने सीटीइभीटी माथि लागेको आरोप हो । भएका संस्थाको सुधार गर्नुको सट्टा एक पछि अर्को बिषयमा संस्था सम्बन्धन दिएर विवाददित बन्दै आएको छ । यसको पछिल्लो परिणाम प्राविधिक बिषय उच्च माध्यमिक शिक्षा परिषद्लाई दिने सुझाव समितिले सिफारिस गरेको हो । प्राविधिक विषय अध्ययन गराउने सामुदायिक विद्यालयको सञ्जालले सीटीइभीटीको पढाइको गुणस्तरमा प्रश्न पठाएको थियो । उच्च माध्यमिक शिक्षा परिषद् पढेका विद्यार्थीको मुलुकभित्र र बाहिर जति मान्यता छ, सीटीइभीइभीको नभएको सञ्जालले प्रश्न पठाउने गरेको छ । 

सीटीइभीटीले अब सुधार गर्नुको बिकल्प छैन । अबको बाटो भनेको सीटीइभीटीको गुणस्तर सुधार गर्ने सर्तमा यि विद्यार्थीलाई उच्च माध्यमिक शिक्षा परिषद् र सीटीइभीटी  जहाँ गएपनि शुल्क र ब्यवस्थापनको कुरा मुख्य हो । यस तर्फ ध्यान दिनु जरुरी छ । जहाँ पढे पनि शुल्क उस्तै बनाउनु पर्ने हुन्छ । कोर्षको अवधि पनि उति नै बनाउनु उचित हुन्छ । उच्च माध्यमिक शिक्षा तर्फ अध्ययन गर्दा दुई बर्ष र सीटीइभीटी तर्फ पढाउदा तीन बर्ष अध्ययन गर्नु पर्ने व्यवस्था व्यवहारिक छ्रैन । एउटै मन्त्रालय अन्तर्गको निकायमा कतै दुई र कतै तीन बर्ष हुनै सक्दैन । 

अध्ययनमा के पाइएको थियो ? 

शिक्षा मन्त्रालयबाट अनुगमन गर्न गएका सहसचिवहरुले प्राविधिक बिषय अध्ययन गराउने विद्यालयको अवलोकन गरेका थिए । अवलोकन पछि मन्त्रालयमा बुझाएको प्रतिवेदनमा के छ ? अनुगमन महाशाखाका सूर्यप्रसाद गौतम, उच्च शिक्षा महाशाखाका डा. हरिप्रसाद लम्साल, शैक्षिक जनशक्ति विकास केन्द्रका प्रमुख खगराज बरालले मन्त्रालयका बुझाएको प्रतिवेदनको सार यस्तो छ  ः 

प्राविधिक शिक्षा तर्फ छलफल गर्दा सहभागिहरुले प्राविधिक शिक्षाको सुरुवात राम्रो भएको तर विद्यालयमा प्राविधिक शिक्षा पढाउने शिक्षक नपाईने पाए पनि लामो समय नरहने र अवसर पाउने वित्तिकै छाड्ने गरेको समस्या रहेको वताए । यसैगरी कक्षा कोठामा पढाउँदा शिक्षकको स्तर र विद्यार्थीको वुझ्न सक्ने क्षमता विच तालमेल नमिल्नाले सिकाई उपलब्धीमा उल्लेख्य सुधार आउन नसकेको कुरा वताए । प्रयोगशाला र स्थानका अभावमा कतिपय विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास गर्न नपाएका र दुर्गम स्थानका विद्यालयहरुमा जनशक्ति अभाव रहने गरेकोले शिक्षकको ब्यवस्था, तथा सम्पुर्ण जनशक्ति लगायत पुर्वाधारको विकास पश्चात मात्र अन्य ठाँउमा विस्तार गर्न उपयुक्त हुने सुझाव दिइएको छ । 

प्रविधिक शिक्षा तर्फ छलफल गर्दा निम्न कुरा पाइयो : 

- Lab Boy अनिवार्य हुनु पर्ने

- विषय शिक्षक अपुग भएको । 

- Teacher Training अपेक्षाअनुसार भएन 

- SLC पछि ११र १२ सञ्चालन हुने नहुने सम्वन्धमा अनिश्चितता रहेको । 

- General को शिक्षकले अग्रेजी माध्यमवाट पढाउन नसक्ने । 

- प्राविधिक तर्फका शिक्षकलाई पुरा समय विद्यालयमा टिकाउन कठिन हुने ।

- प्राविधिक धार सञ्चालन गर्न जनशक्ति अभाव हुने । 

- शिक्षक इन्जिनियर राख्नु पर्ने तर तलव भने न्युन हुँदा अवसर पाउने वित्तिकै छाडेर हिड्ने गर्दा विद्यालयको पढाइ प्रभावित हुने । 

- कम्तिमा पनि ४०, ५० हजार तलव दिनु पर्ने । 

- स्थायित्व हुनुपर्ने, वृत्तिविकासको सुनिश्चितता हुनु पर्ने । 

- जिल्लाकै उत्कृष्ठ विद्यार्थीहरु प्राविधिक धारको शिक्षामा आएकाले उनिहरुको भविष्य के हुने हो समयमै निक्र्यौल हुनु पर्ने । तिनीहरुले द्यभ् को सपना देखेको । 

- छात्रावासको ब्यवस्था हुनु पर्ने । 

- Content High भएको ।

- Question Model Defective भरहेको । 

- प्रश्नमा धेरै छनौट गर्न पाउने ब्यवस्थाले विद्यार्थीले मिहनत नगर्ने गरेको । 

- अङ्क भार नमिलेको । 

- कोर्स कति सम्म पढाउने स्पस्ट नभएको । 

- कक्षा ९ को Drawing  को पढाइ Diploma Level मा पढाइ हुने । 

- कक्षा १० को Estimate र  Survey स्नातक तहको छ । 

- अहिले ६० प्रतिशत Theory र ४० प्रतिशत Practical  हुनु पर्ने ४० प्रतिशत Theory  र ६० प्रतिशत Practical 

- प्रयोगात्मक का लागि समय अभाव हुने । 

सुझाव 

प्राविधिक धारको शिक्षा दिने विद्यालयहरुमा शिक्षकको अभाव हुन नदिन तथा त्यस्ता विद्यालयहरुमा शिक्षकको सहज उपलब्धताका लागि आकर्षक पारिश्रमिक तथा उनिहरुको वृत्ति विकासका मार्गहरु खुला गरिनु पर्दछ । अन्य जनशक्ति तथा पूर्वाधारको विकासमा विशेष जोड दिनु पर्दछ । प्राविधिक धार तर्फ कक्षा ९ र १० पढिरहेका विद्यार्थीहरु ११ र १२ के हुने ? अन्यौलमा रहेकाले शिक्षा मन्त्रालयले तुरुन्त यसको निदान गर्नु आवश्यक देखिन्छ । अनुगमन गरिएका जिल्लामा अहिले सञ्चालनमा रहेका विद्यालयहरुमध्ये सुगमका विद्यालयहरुमा शिक्षक भएका र आवश्यक भौतिक पुर्वाधारहरुको विकास भएकाले ति विद्यालयहरुको सिकाई उपलब्धी सन्तोष जनक रहेको भए पनि दुर्गम भेकमा रहेका विद्यालयहरुको अवस्था भने शन्तोष जनक रहेको देखिदैन । तसर्थ अहिले पढिरहेका विद्यार्थीहरुलाई सके जिल्लागत नसके क्षेत्रगत रुपमा समेटी एकिकृतरुपमा आवासिय विद्यालयको रुपमा राखी ११ र १२ सञ्चालन गर्ने र अन्य अव ९ कक्षामा जानेको हकमा भने सवै पुर्वाधारको विकास भैसके पछि अव सञ्चालन हुने ११ र १२ वाट सिकाइ लिएर मात्र विस्तार गर्न उपयुक्त हुने ।   

किन आत्तियो सीटीइभीटी ? 

सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक धारको एसएलसी पछिको माथिल्लो (कक्षा ११–१२) सञ्चालन सम्बन्धि पाठ्क्रम, अध्ययन अवधि, मुल्याङकन प्रणाली र व्यवस्थापकीय संरचनाको बारेमा सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएसंगै मन्त्रालय र सीटीइभीटी बीच बिबाद सुरु भयो । के थियो समितिको सुझाव ?  

सुझावहरु 

क. कक्षा ९ देखि १२ को विद्यालय स्तरीय प्राविधिक र व्यवासायिक शिक्षाको छुट्टै धार तयार गरी कार्यान्वयनमा लैजाने । 

ख.  कक्षा ९ देखि १२ को प्राविधिक तथा ब्यवसायिक धारको पाठ्यक्रम छुट्टै हुनेछ यो पाठ्यक्रमले विद्यार्थीको उच्च शिक्षा हासिल गर्न पाउने अधिकार र चाहनालाई सुरक्षित राख्नुका साथै कक्षा ११ र १२ प्राविधिक शिक्षा हासिल गरेकाले दश जोड २ सरहर प्राविधिक डिप्लोमा तह बराबरको समकक्षता सुनिश्चित हुने । 

ग. पवद्यालय स्तरको प्राविधिक शिक्षा हाल ९९ सामुदायिक विद्यालयमा कार्यान्वयन गरिएकाले त्यसको सञ्चालन अवस्था, बजारको माग, विद्यार्थीको उपलब्धि र प्रभावकारिता अध्ययन गर्दै क्रमिक रुपमा सुधारका साथ सबै निर्वाचन क्षेत्रका सामुदायिक विद्यालयमा विस्तार गरिनु उपयुक्त हुन्छ । 

घ. प्राविधिक धारबाट सञ्चालित माध्यामिक तह कक्षा ९ र १० सञ्चालन भएका ९९ विद्यालयहरु मध्ये न्यूनतम भौतिक पूर्वाधार पुरा गरेका विद्यालयलाई मात्र प्राविधिक धारको कक्षा ११ र १२ को पाठ्यक्रम अनुसार कार्यक्रम सञ्चालन गर्न दिनु पर्नेछ । 

ङ. कक्षा ९ र १० तथा कक्षा ११ र १२ को पाठ्यक्रमको कअयउभ र कभत्रगभलअभ नमिलेको कक्षा ९ र १० पाठ्यबस्तु बढि बोझिलो बनाईएको, अङ्कभार, पूर्णाङ्क र विषय विभाजनमा एकरुपता नदेखिएको हुँदा कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रमलाई एउटै ढाँचामा राखि त्यसको क्षेत्र र क्रम मिलाउनु पर्ने ब्यवस्था गर्नु उपयुक्त हुने साथै यसका लागि विश्वविद्यालयहरुसँग समन्वय गर्नुपर्ने देखिन्छ । 

च. प्राविधिक धारतर्फबाट कक्षा ११ र १२ उत्तीर्ण पश्चात उच्च शिक्षा प्रबेशका लागि आवश्यक हुने न्यूनतम विषयहरु २ बर्षे अवधिबाट पुरा नहुने अवस्थामा आवश्यक पर्ने विषयहरुको लागि थप पाठ्यभार तयार गरी कार्यान्वयन गर्न सकिने । 

छ. प्राविधिक धारको कक्षा ११ र १२ को शिक्षकको हकमा  साधारण प्रकृतिका विषय अध्ययन गराउन उच्च माध्यामिक तहमा अध्यापन गराउन तोकिएको योग्यता पुगेका ब्यक्ति सरह हुने र प्राविधिक धार तर्फका विषय अध्यापक गराउन सम्बन्धित विषयमा स्नताकोत्तर उत्तीर्ण गरेको शिक्षक उपलब्ध नभएमा हाल कक्षा ९ र १० मा उक्त धारका विषयहरु अध्यापन गरिसकेका, स्नताक तह प्राविधिक विषय उत्तीर्ण भई अनुभव प्राप्त गरेका दक्ष र बरिष्ठ ब्यक्तिहरुलाई शिक्षक नियुक्ति गर्ने ब्यवस्था मिलाउने । 

ज. उच्च माध्यामिक शिक्षा परिषद्मा अन्य विषय समितिहरु जस्तै प्राविधिक तथा ब्यवसायिक धार तर्फका विषयसमितिहरु गठन गरिनु उपयुक्त हुने । 

झ. उच्च माध्यामिक तह प्राविधिक तथा ब्यवसायिक धारको कक्षा ११ र १२ को कार्यक्रम यथाशिघ्र कार्यान्वयन गर्न उपयुक्त हुने । 

ञ. हाल माध्यामिक शिक्षामा प्राविधिक धारतर्फबाट एसएलसी उत्तीर्ण विद्यार्थीहरुका लागि प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् अन्र्तगत सञ्चालित ३ बर्षे डिप्लोमा कार्यक्रममा भर्ना हुने विकल्प खुल्ला रहने छ । 

ट. प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्मार्फत ब्यवसायिक सीप विकास कार्यक्रमलाई विस्तार गर्न र प्राविधिक डिप्लोमालाई सुदृढ पार्दै दबअजभयिच या Technology का कार्यक्रमहरु पोलिटेक्निक संस्था मार्फत सञ्चालन गर्न र नमूना पोलिटेक्निक सञ्चालनका लागि आवश्यक सहयोग प्रदान गर्नुपर्ने ।

तस्विर : ईन्टरनेट 

प्रतिक्रिया